२०८१ श्रावण १२

अर्को कार्यकालका लागि कांग्रेस सभापति बनेका सभापति देउवालाई बधाई तथा प्रारम्भिक सुझावको ओईरो

sher bahadur deuwa

काठमाडौंं, २९ मंसिर/नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सम्पन्न भएको केन्द्रीय समितिको निर्वाचनमा अर्को कार्यकालका लागि सभापति पदमा निर्वाचित भएसँगै प्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टीका नेता तथा कार्यकर्ताहरुले बधाई दिदै पार्टीको छवी उच्च राख्न सुझाव दिन थालेका छन् । कतिपयले सामाजिक सञ्जाल माध्यमबाट यस्तो सुझाव दिएका हुन् ।

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले अर्को कार्यकालका लागि सभापति पदमा निर्वाचित भएकोमा बधाई दिदै नयाँ जिम्मेवारी सफलतापूर्वक वहन गर्न शुभकामना ब्यक्त गरेका छन् । उनले नवनिर्वाचित सभापति प्रधानमन्त्री देउवालाई शुभकामना र बधाईसँगै अब एकताबद्ध कांग्रेस निर्माणमा ध्यान पुगोस् भन्ने सुझाव दिएका छन् ।

त्यसैगरी नेपाली कांग्रेसको १४ अधिवेशन अन्तर्गत भएको निर्वाचनमा सभापति पदमा उम्मेदवारी दिएर पराजित भएका प्रकाशमान सिंहले पनि नवनिर्वाचित सभापति प्रधानमन्त्रीलाई बधाई दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन् । यो अधिवेशनबाट निर्वाचित भएपछि नवचिर्वाचित सभापति देउवालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिने क्रम जारी रहेको छ ।