२०८१ श्रावण १२

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा मन्त्रीपरिषद् पुनर्गठन

काठमाडौं, २१ जेठ/ प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । प्रधानमन्त्री ओलीले आफू निकटका पाँचबाहेक सबै मन्त्रीहरुलाई हटाएर आफूसँग ७ वटा मन्त्रालय राखेका छन् ।
आज विस्तार हुने मन्त्रिपरिषद प्रधानमन्त्रीसहित १७ सदस्यीय हुनेछ । प्रधानमन्त्री ओलीसँग रक्षा, गृह, पर्यटन, सञ्चार, सामान्य प्रशासन, कृषि र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय रहनेछन् । मन्त्री परिषद्मा विष्णु पौडेल उपप्रधानसहित अर्थ, रघुवीर महासेठ उपप्रधानसहित परराष्ट्र र राजेन्द्र महतो उपप्रधानसहित शहरी विकास मन्त्री बन्नेछन् ।

त्यस्तै भौतिक पूर्वाधारमा बसन्त नेम्वाङ, शिक्षामा कृष्णगोपाल श्रेष्ठ र कानूनमा लीलानाथ श्रेष्ठ मन्त्रीका रुपमा यथावत रहेका छन् । स्वास्थ्य मन्त्रीका रुपमा शेरबहादुर तामाङले शपथ लिएका छन् । जपाबाट महतोबाहेक ७ जनाले मन्त्री र २ जनाले राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् ।
नवनियुक्त मन्त्रहिरुले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।