२०८१ श्रावण १२

सभामुख सापकोटाले लिए सपथ

agni prasad sapkota

काठमाडौँ, १३ माघ । प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाले पद तथा गोपनीयताको सपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रपति कार्यालय शीतल निवासमा सापकोटाले सोमबार पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायधीश चोलेन्द्र शमशेर जवरा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, संवैधानिक आयोगका प्रमुखहरु, मन्त्रीहरुलगायत सरकारका उच्च पदस्थ अधिकारीको सहभागिता थियो ।

सापकोटा आइतबार प्रतिनिधिसभाको सभामुखका निर्विरोध निर्वा्चित भएका थिए । उनी सिन्धुपाल्चोक–२ बाट २०७४ मा भएको निर्वाचनमा प्रतिनिधिसभामा प्रत्यक्षतर्फ निर्वा्चित भएका थिए ।