२०८१ श्रावण १२

तिलिचो ताल क्षेत्रमा सुरक्षा व्यवस्था चुस्त

मनाङ, २८ असोज/ नेपालमा यस वर्षको पर्यटन सिजन शुरु भएसँगै आन्तरिक एवं बाह्य पर्यटकहरुको आगमनमा बृद्धि हुदै जाँदा मनाङ जिल्ला प्रहरी कार्यालयले विश्वकै सर्वोच्च स्थानमा रहेको प्राकृतिक ताल तिलिचो क्षेत्रमा सुरक्षा व्यवस्था चुस्त पारेको छ । नेपालीहरुको महान चाड बडा दशैं तथा तिहारको अवसरमा जिल्ला प्रहरी कार्यालयले जिल्लाकै महत्वपूर्ण पर्यटकीय क्षेत्र तिलिचोमा प्रहरी सुरक्षा व्यवस्था सन्तुलित बनाएको हो ।

यस वर्षको अक्टोबर महिना शुरुभएपछि बाह्य पर्यटकहरुको आगमनमा बृद्धि हुदै गर्दा जिल्लाभित्रको सुरक्षा व्यवस्थालाई सूक्ष्म ढंगले मिलाउँदै लगेको मनाङ प्रहरीले तिलिचो ताल क्षेत्रमा पनि सुरक्षाकर्मीहरु परिचालन गरेको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ । दशैंको सिजनमा दैनिक झण्डै ४ सयभन्दा बढी पर्यटकहरुको आगमन भएको बताईएको छ ।

विश्वकै सर्वोच्च स्थानमा रहेको ताल तिलिचोसम्म पर्यटकहरुको आवागमनलाई व्यवस्थित बनाउन जिल्लाका पर्यटन व्यवसायीहरुले समेत पहल गरिरहेको मनाङ पर्यटन व्यवसायी समितिका अध्यक्ष विनोद गुरुङले जानकारी दिएका छन् । गत वर्षको तुलनामा यस वर्ष मनाङमा पर्यटकको आगमनमा बृद्धि भएको उनले बताएका छन् ।

Hotel Booked at Tilicho

पर्यटन सिजन शुरु हुँदा कतिपय विदेशी पर्यटकहरुले आप्mनो होटल अग्रिम बुकिङ गरेर पनि बुकिङ गरिएको होटलमा नगएर अन्य होटलहरुमा बस्न थालेको व्यवसायीहरुको गुनासो आउन थालेपछि त्यस्ता पर्यटकहरुबाट सजग रहन आपूmहरुले खबरदारी गरिरहेको पनि मनाङ पर्यटन व्यवसायी समितिका अध्यक्ष गुरुङले जनाएका छन् । विशेष गरी इजरायली पर्यटकहरुले त्यस्तो व्यवहार देखाएकोले यसबाट जिल्लाका पर्यटन व्यवसायी प्रभावित हुने भएकाले समितिले यस्तो खबरदारी गरेको अध्यक्ष गुरुङले बताए ।