२०८१ श्रावण १२

तिलिचो यात्रालाई बाटो खुल्यो

Tilicho on Snow

चामे, १७ चैत्र । अब पर्वतीय पर्यटनप्रेमीका लागि नयाँ एउटा खुशीको खबर आएको छ । विगत २ महिनादेखि हिउँले अबरुद्ध भएको विश्वकै सबैभन्दा उचाईमा रहेको प्राकृतिक ताल ‘तिलिचो’ सम्म जाने बाटो खाङसारका पर्यटन व्यवसायीहरुको कठिन प्रयासले आजबाट सञ्चालनमा आएको छ ।

पदमार्ग हिउँले पुरिएर तिलिचो तालसम्मको यात्रा गर्न नपाउँदा निराशा बनेका यात्रुहरुले अब ढुक्क भएर आफ्नो गन्तव्य बनाउने पाउने भएको उक्त बाटो खुलाउन पहल गरिरहेको स्थानीय पर्यटन व्यवसायी अनिल गुरुङले बताए । मनाङ जिल्लाको मनाङङिस्याङ गाउँपालिको वडा नं ९ खाङसारका पर्यटन व्यवसायीहरुको विशेष पहलमा उक्त बाटो निर्माण भएपछि स्थानीय पर्यटन व्यवसायीहरु पनि उत्साहित भएका छन् ।

माथिल्लो मनाङका अधिकांश पर्यटन व्यवसायीहरुले उक्त बाटो निर्माण गरी पर्यटक पु¥याउन विभिन्न तहबाट पहल गरेपछि बाटो निर्माणको प्रकृया अगाडि बढेको थियो । समुद्र सतहबाट करिब ४ हजार ९ सय १९ मिटर उचाईमा रहेको तिलिचो तालमा विस्तार हिउँपग्लिएर तालको आकार देखिन थालेपछि उक्त बाटो निर्माणमा स्थानीयले सक्रीयता देखाउन थालेका थिए ।