घ्याल्सुम्दो सेवा संस्था अमेरिकाको तर्फबाट शोक सन्देश व्यक्त
काठमाडौं, २३ भाद्र । २०४६ सालको बहुदलीय संसदिय ब्यवस्थापछिको पहिलो मनाङ जिल्लाको जिल्ला बिकास समितिको सभापति छिरिङ ओङगेल गुरूङ (मिचुङ)को निधनप्रति ग्यालसुम्दो सेवा संस्था अमेरिकाले गहिरो दुःख ब्यक्त गरेको छ । संस्थाका निवर्तमान अध्यक्ष छिरिङ राप्के लामाले सामाजिक सञ्जाल मार्फत यस्तो दुःख व्यक्त गरेका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा शोक बक्तव्य लेख्दै लामाले भनेका छन् ‘यही सेप्टेम्बर ६ तारिख २०१९, शुक्रबारका दिन काठमाडौँस्थित मेडिसिटी अस्पतालमा २०४६ सालको बहुदलीय संसदिय ब्यवस्था पछिको पहिलो मनाङ जिल्लाको जिल्ला बिकास समितिको सभापति छिरिङ ओङगेल गुरूङ (मिचुङ)को असामयिक निधन भएको खबरले म लगायत अमेरिकामा रहेका सम्पूर्ण घ्याल्सुम्दोबासी दाजुभाई तथा दिदीबहिनीहरू अत्यन्तै मर्महात भएका छौं । यस दुःख घढीमा मृतक गुरुङको परिवार जनप्रति हार्दिक समवेदना ब्यक्त गर्दै दिवांगत आत्माको चीर शान्तिको कामना सहित भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं ।’
उनले गुरुङको निधनबाट मनाङ जिल्लाले एउटा सक्षम अभिभावक तथा जनप्रतिनिधि गुमाउनु परेको उल्लेख गरेका छन् ।
-
१
काँग्रेस सांसद टेकबहादुर गुरुङद्वारा एक लाख ११ हजार १११ सहयोग हस्तान्तरण ।
-
२
भोटेकोशी बाढीबाट मृत्यु भए एक हजार ३४४ शव फेला, खोजी जारी ।
-
३
बाढी प्रभावित क्षेत्रबाट ९ हजार ४ सय ३५ जनाको उद्धार, ४ हजार २ सय ४७ जना अझै सम्पर्कविहीन ।
-
४
यस बर्षको एसईई परीक्षामा मनाङको अन्नपूर्ण मा.वि.का सबै विद्यार्थी उर्तीण ।


प्रतिक्रिया दिनुहोस्