२०८१ श्रावण १२

मनाङबासीहरुको सेवाका लागि हामी सदा समर्पित छौँ

Sunil Gurung - Manang

— सुनिल गुरुङ, अध्यक्ष: मनाङ समाज सेवा समिति

मनाङ जस्तो हिमाली जिल्लाबाट राजधानी आई बसोबास गर्ने मनाङबासीहरुमा आपसी सद्भाव बढाएर एकता कायम गर्न झण्डै ४ दशकअघि स्थापना भएको मनाङ समाज सेवा समितिको हालै सम्पन्न अधिवेशनले विगत लामो समयदेखि समाजसेवामा कृयाशिल मनाङ जिल्लाको मनाङ ङिस्याङ गाउँपालिकाको टंकी मनाङका सुनिल गुरुङलाई अध्यक्ष पदको जिम्मेवारी दिएको छ ।

तत्कालीन् अवस्थामा मनाङका प्रशिद्ध समाजसेवी सोनमसिंह गुरुङ जसलाई महेन्द्र राजाले नामको बीचमा ‘सिंह’ शब्द थपीदिएका थिए । उनै सोनमसिंहका छोरा समाजसेवी कर्मतारा गुरुङ र बुहारी पाल्तेन कुञ्जो गुरुङका सन्तानको रुपमा विक्रम सम्बत २०२२ सालमा जन्मिएका सुनिल गुरुङ पनि मनाङका समाजसेवीको रुपमा परिचित छन् । आज मनाङ समाज सेवा समितिमा उनैले अध्यक्षता गरिरहेका छन् र समाज सेवामा योगदान थपीरहेका छन् ।

मनाङबाट ७ वर्षको उमेरमै राजधानी ल्याईएका सुनिल गुरुङले प्राथमिक शिक्षा अध्ययन सकेर माध्यमिक र प्रमाणपत्रतहसम्मको अध्ययन गर्ने क्रममा आप्mना बुबाले सञ्चालन गर्दै आएको गलैंचा उद्योगमा सघाउ पु¥याउँदै आए भने ब्यपारमा अनुभव हासिल गर्दै गए । तीन पुस्ताअघिदेखि गलैंचा उद्योगमा लगानी गरेर विदेशी मुद्रा आर्जनमा राज्यलाई सहयोग पुर्याउदै आएको गुरुङ परिवारका उनै सोनमसिंह गुरुङका नाति सुनिल गुरुङ नेपाल उनी धागो रंगाई संघमा निर्विरोध अध्यक्ष भएर व्यावसायिक संगठनको नेतृत्व गर्न सफल भए ।

त्यसैगरी सुनिल गुरुङले केन्द्रीय गलैंचा संघमा कार्यसमितिका सदस्यको भूमिका समेत निर्वाह गरेका छन् । मनाङ मस्र्याङ्ग्दी क्लबमा पनि झण्डै १ दशक जति नेतृत्व तहमा रहेका उनले आफ्ना बाबुबाजेको पालादेखि गर्दै आएको समाज सेवा त्यहि परिवारको सन्तान भएको नाताले आफुले पनि समाज सेवा नै गर्न पछि नपरेको बताउने गरेका छन् ।

एसियाका चीन, सिंगापुरलगायत विभिन्न मुलुकहरुको भ्रमण गरेका समाजसेवी सुनिल गुरुङले अमेरिका र युरोपका विकसित मुलुकहरुको भ्रमण गरेर त्यहाबाट प्रसस्तै ज्ञान हासिल गरी त्यसलाई नेपालमा पनि उपयोग गर्न सके यहाँको परिवर्तन सहज हुने महशुस गर्दै आएका छन् । खेलकूद क्षेत्रमा पनि विशेष योगदान दिदै आएका पूmटबलप्रमी सुनिल गुरुङले लङ्ग टेनिस खेल अहिलेसम्म पनि निरन्तररुपमा खेल्दै आएका छन् । प्रस्तुत छ, उनै समाजेवी सुनिल गुरुङसँग मनाङ अनलाईनका लागि बिकाश बजगाईद्वारा गरिएको कुराकानीको सम्पादित अंश:

० मनङ समाज सेवा समितिको हालै सम्पन्न अधिवेशनले यहाँलाई अध्यक्षको जिम्मेवारी दिएको छ, आगामी कार्यकाल कस्तो बनाउने सोच बनाउनु भएको छ ?

— कुनै पनि सामाजिक संस्थामा जिम्मेवारी लिएपछि संस्थाको उद्देश्य र विधि विधानअनुसार जिम्मेवारी पूरा गर्नु पर्ने हुन्छ । अघिल्लो कार्यसमितिका पदाधिकारीज्यूहरुले जसरी यो मनाङ समाज सेवा समितिको कार्यभारलाई सफलताका साथ सम्पन्न गर्नुभएको थियो त्यसरी नै अहिलेको कार्यकालका लागि पद सम्हाल्न म सहित साथीहरु आएका छौं । हामी सबै जना जुट भएर समितिको विगतका अग्रजहरुले अगाडि सार्नु भएका योजना तथा कार्यक्रमहरुलाई निरन्तरता दिदै मनाङ समाज सेवा समितिलाई अगाडि बढाउँदै नेपालकै एउटा उदाहरणीय संस्थाको रुपमा निर्माण गर्ने अभियानमा छौं । त्यसैगरी अग्रजहरुले अगाडि सारेर सम्पन्न गर्न बाँकी रहेका विभिन्न भौतिक संरचनाहरु पूरा गर्ने अभिभारा पनि हामीमा आएको छ ।

० विशेष गरी कस्ता कार्ययोजनाहरु यहाँहरुको कार्यकालमा सम्पन्न हुने सम्भावना देख्नु भएको छ ? 

— मनाङ समाज सेवा समितिले अगाडि सारेका र सम्पन्न हुदै गरेका सबै कार्ययोजनाहरुलाई पूरा गर्ने हाम्रो प्राथमिकतामा हुनेछ । मानी लिऔं स्वयम्भूनाथमा परिक्रमा मार्गमा रहेका माने, स्तूपाजस्ता संरचनाहरु छन् ती संरचनाहरु जस्तरबाट आर्थिक सहयोग संकलन गरेर निर्माण गरिएका छन् । त्यसम मनाङबासीहरुको पनि ठूलो योगदान रहेको छ । सरकारको बजेटले नभ्याउने भौतिक संरचना निर्माणमा जनस्तरबाट १ सय रुपैयाँदेखि १ लाख रुपैयासँसम्म आर्थिक सहयोग संकलन गरेर ती संरचनाहरु निर्माण गर्न सम्भव भएको हो । स्वयम्भूमा अवस्थित बुद्धपार्क निर्माण निर्माण भएको विषयमा कुरा गर्ने हो भने यो एउटा राष्ट्रको गहना हो । विश्वभरका पर्यटकहरु अवलोकन गर्न आउने स्थल पनि हो स्वयम्भूनाथ । त्यस्ता संरचनाहरुको संरक्षण गर्न पनि उतिकै चुनौति देखेको छु मैले । स्वयम्भूनाथ परिसरको पूर्वपट्टी २०३२ सालमा मनाङका सोनमसिंह गुरुङको अगुवाईमा भक्तालुहरुबाट संकलित आर्थिक सहयोगमा स्वयम्भूनाथ गेट निर्माण गरिएको थियो । त्यो पहिचानमा आएको स्वयम्भू गेट पनि २०७२ सालको महाभूकम्पले भत्काईदिएको थियो । त्यो गेटको पुननिर्माण गर्नका लागि मनाङ समाज सेवा समितिका अघिल्लो कार्यसमितिका पदाधिकारीहरुले नेपाल सरकारको पुरातत्व विभाग, महानगरपालिकाबाट सहयोग प्राप्त गर्ने पहल गर्नु भएको छ । हाम्रो वर्तमान कार्यसमितिले त्यस्ता कामहरुलाई पनि पूरा गर्नु पर्ने अभिभारा लिएका छौं । त्यसैगरी अन्य यस्ता कार्यक्रमहरु पनि भईपरी आए भने हामी अग्रजहरुको सल्लाह र सुझाव अनि निर्देशन बमोजिम नै सम्पन्न गर्दै जानेछौं ।

० मनाङ समाज सेवा समितिको विगतका नेतृत्वहरु र यसअघिको नेतृत्वको कार्यकाललाई कसरी लिनु भएको छ ?

— यो मनाङ समाज सेवा समितिका विगतका सम्पूर्ण कार्यसमितिहरुले यो संस्थालाई अहिलेको अवस्थासम्म ल्याईदिनु भएको छ । उहाँहरुले यो संस्थाको निरन्तरताका लागि दिनु भएको योगदान अमूल्य छ । यसमा हामी सम्पूर्ण मनाङबासीहरुले गर्व गर्नु पर्दछ । वर्तमान कार्यसमितिले विगतका नेतृत्वहरुबाट प्राप्त भएको योगदानको उच्च प्रशंसा गर्नु पर्दछ र हामीले गरिरहेका छौं ।

० मनाङ समाज सेवा समितिमा नयाँ निर्माण भएको कार्यसमितिले यो संस्थाको निरन्तरताका लागि अध्यक्षको हैसियतले कस्तो नीति अपनाउनु पर्ने देख्नु भएको छ ?   

— हामी जिल्लाबासीहरु मनाङमा जसरी आपसमा मिलेर र विगतको परम्परागत सामाजिक संरचनामा रमाउने गरेका थियौं त्यसलाई आत्मसाथ गरेर मनाङबासीहरुको साझा सामाजिक सेवा संस्था मनाङ समाज सेवा समितिलाई पनि सञ्चालन गर्नु पर्नेमा जोड दिन्छौं । हाम्रा अग्रजहरुले हामीलाई यस्तै सिकाउदै आउनु भएको छ । हामी पनि त्यो बाटो छोडेर अन्यौलमा रुमल्लिन चाहदैनौं । मनाङका सम्पूर्ण दाजुभाई दिदीबहिनीहरुले यस संस्थाबाट गरेको अपेक्षाअनुसार र संस्थाको उद्देश्यअनुसार विगतका सबै कार्यसमितिका सदस्यहरुले काम गर्दै आउनु भएको थियो । सामाजिक सेवा गर्ने उद्देश्यले स्थापित भई सञ्चालन हुदै  आएको यो संस्था सम्पूर्ण मनाङबासी दाजुभाई दिदीबहिनीहरुलाई कुनै पनि भेदभाव हुन नदिने र कतै कसैबाट अन्याय हुन नदिने मनाशयबाट यो संस्थाको स्थापना गरिएको हो । हामी त्यही भावना अनुरुप यो मनाङ समाज सेवा समितिलाई चलाई रहेका छौं । विगतका सबै कार्यसमितिको कार्यकालहरुमा यो संस्थाको विकास र निरन्तरताका कृयाकलाप हुदै आएका थिए । अब हामीले पनि त्यसैलाई अनुसरण गरेर अगाडि बढ्ने हो । विगतका कार्यसमितिहरुले सम्पन्न गर्दै आएको कार्य कार्यसम्पादनको शैलीलाई आधार मानेर अग्रजहरुको सुझाव, सल्लाह र निर्देशन बमोजिम समयसापेक्षित यो संस्थालाई सुधार गर्दै लैजाने हाम्रो वर्तमान कायसमितिको कर्तव्य हो ।

० २०७२ सालमा नेपालमा आएको महाभूकम्पले मनाङ समाज सेवा समितिको भवन र गुम्बा पूर्णरुपमा क्षति भएको थियो, आजको दिनसम्म आइपुग्दा पुनर्निर्माण सम्पन्न हुन लागिरहेको देखिन्छ, यति छोटो समयमा पुनर्निर्माण सम्पन्न गर्न धेरैले असम्भव देखेका थिए । कसरी सम्भव भयो, यो विषयमा प्रष्ट पारिदिनुहोस् न ?

— हामी मनाङबासीहरु इमान्दार र सहयोगी छौं । जिल्लाबासीहरु एक आपसमा सौहार्दपूर्ण व्यवहार गर्ने, एक आपसमा मिलेर बसोबास गरी जीवनयापन गर्दै आईरहेका छौं । ‘एक अर्कालाई अप्ठेरो पर्दा सहयोग आदान प्रदान गर्नु पर्छ’ भन्ने चेतना पनि हामी मनाङबासीहरुमा रहेको छ । यही भावना अहिले यो हाम्रो आस्थाको धरोहर मनाङ गुम्बा भूकम्पले ढाल्दा पनि देखियो । तत्कालीन् यो मनाङ समाज सेवा समितिका कार्यसमितिले पनि निकै ठूलो पहल गरेर यो गुम्बाको पुनर्निर्माण गर्ने पहल गरेको थियो । उहाँहरुको प्रसायमा गुरु रिम्पोर्छे सेरब ग्याल्चेनज्यूको विशेष भूमिका रह्यो । यो समाजको भवन र गुम्बा पुनर्निर्माण गर्न सहयोग जुटाउने श्रेय त हाम्रा गुरु रिपोर्चे सेरब ग्याल्चनज्यूलाई जान्छ । उहाँले देशविदेशमा रहनुभएका मनाङबासीहरुसँग यो गुम्बा र भवन पुनर्निर्माण गर्न सहयोग रकम आव्हान गर्नु भयो । सरकारबाट कुनै सहयोग प्राप्त नहुदा पनि सम्पूर्ण देश विदेशमा रहनु भएका मनाङबासी दाजुभाई दिदीबहिनीहरुले उहाँको बचन राख्नु भयो र आर्थिक औकात अनुसा सहयोग गर्नु भएकाले आज मनाङ समाज सेवा समितिको भवन र गुम्बा लगायतका सम्पूर्ण भौतिक संरचना तयार भएको छ । म समस्त मनाङ समाज सेवा समितिको तर्पmबाट गुरु रिम्पोर्छे शेरब ग्याल्चेनज्यूको यो प्रयासको लाखौं लाख प्रंशसा गर्न चाहन्छु । उहाँले पहल नगर्नु भएको भए हामीले मात्रै यति छोटो समयमा यति ठूलो भौतिक संरचना निर्माण गर्ने कल्पना समेत गर्न सक्ने थिएनौं ।

० मनाङ समाज सेवा समितिले कस्तो किसिमको सामाजिक काम गर्दै आईरहेको छ ? छोटकरीमा बताउनु हुन्छ की ?

—  शान्तिप्रेमी हामी मनाङबासीहरु भगवान गौतम बुद्धको बचनलाई अनुसरण गर्दै आईरहेका छौं । बुद्ध जन्मेको देश नेपालको प्रतिनिधित्व हुने गरी विश्वभरी चर्चित एउटा तिर्थस्थल गौतम बुद्धले ज्ञान प्राप्त गरेको भारतको बोध गयामा यहि मनाङ समाज सेवा समितिको तर्पmबाट मानव आश्रय स्थल निर्माण गरेका छौं । त्यसैगरी गौतम बुद्धको जन्म थलो लुम्बिनीमा पनि मनाङ समाज सेवा समितिको तर्पmबाट विभिन्न संरचनाहरु निर्माण गरिएको छ । त्यहाँ मनाङ समाज सेवा समितिको तर्पmबाट एउटा ठूलो स्तूपा निर्माण गरिएको छ । त्यो पनि मनाङबासीहरुबाट संकलित आर्थिक सहयोगबाट निर्माण गरिएको हो । त्यसैगरी राजधानीमा आई बसोबास गर्ने मनाङबासीहरुको मृत्यु संस्कारका लागि आर्यघाट निर्माण गर्ने जस्ता सामाजिक काममा यो मनाङ समाज सेवा समितिले काम गर्दै आईरहेको छ ।

० अन्त्यमा, हामीले सोध्न छुटेको र यहाँले भन्नै पर्ने कुनै कुरा छन् ? 

— हामी मनाङ जिल्लाको माथिल्लो भेगका बासिन्दाहरुलाई सेवा दिने भनेर यो संस्था स्थापना गरिएको भए पनि देशभर जहासुकै समस्या आउदा, विपत्ति आउँदा सहयोग पु¥याउँदै आएका छौं । कुनै पनि दैवी प्रकोप वा प्राकृतिक प्रकोप आउँदा राहत पु¥याउँदै आईरहेका छौं । हाम्रो यो अभियान जारी रहनेछ । विभिन्न चाड पर्वका अवसरमा मनाङ जिल्लाबाट राजधानी आएर बस्ने दाजुभाई दिदीबहिनीहरुलाई एक आपसमा परिचित गराउने र मनाङबासीहरुले परम्परादेखि मान्दै आएको सांस्कृतिक चाडपर्वहरुको निरन्तरताका लागि सहयोग जुटाउने काम पनि गर्दै आईरहेका छौं । हाम्रा भावी पुस्ताहरु यस्ता सांस्कृतिक मान्यतालाई कायम राख्न सकून् र यस्ता पर्वहरु राष्ट्रको सांस्कृतिक गहनाहरु हुन् र मनाङबासीहरुको पहिचान पनि हुन् । त्यसका साथै नजिकै आईरहेको नेपालीहरुको महान् चाड बडा दशैं, दीपावली र छठ पर्वकोको सम्पूर्ण देशबासी, मनाङबासी, मनाङ समाज सेवा समितिमा आबद्ध सम्पूर्ण दाजुभाई दिदीबहिनीहरुमा सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको शुभकामना ब्यक्त गर्दछु ।