२०८१ श्रावण १२

तल्लो मनाङको थोचेँमा सकियो यस वर्षको धच्याङ

Dhanchyang

चामे, २ जेठ / मनाङ जिल्लाको विभिन्न गाउँहरुमा आफ्नै रितीरिवाज अनुसार प्रत्येक वर्ष खेलिदै आएको धच्याङ (तिर हान्ने परम्परागत खेल) यस वर्षको लागि तल्लो मनाङ थोँचेमा सकिएको छ । नासों गाउँपालिकाको वडा नं. ५ थोँचेमा दुई दिन अगाडि स्थानीयले यस वर्षको धच्याङ मनाएका हुन् ।

उक्त धच्याङबाट यस वर्षका लागि दुई योद्धा युवाहरु छनौट भएका छन् । स्थानीय थोंचेका बासिन्दा जीतबहादुर लामाका छोरा शनि लामा र छिरिङ ग्याल्पो पुनेलका छोरा सोनम पुनेल यस वर्षका वर्ष युवाका रुपमा छनौट भएको स्थानीय लमु लामाले बताईकी छिन् । निकै रमाईलो गरेर गाउँभरीका युवाहरुको सहभागितामा मनाईने यो धच्याङ पर्व जिल्लाका अन्य गाउँहरुमा मानिदै आएको छ ।

Shani Lama and Sonam Punel