२०८१ श्रावण १२

पूर्व राज्यमन्त्री गुरुङ संविधानसभा पदकबाट विभूषित हुने

tek bahadur gurung

काठमाडौं, १३ जेठ/ संविधान सभामा योगदान दिने नेताहरुलाई गणतन्त्र दिवसको अवसरमा सम्मान गरिने भएको छ । सो अवसरमा तत्कालीन संविधान सभाका सदस्य एवं रुपान्तरित व्यवस्थापिका संसदका सदस्य पूर्व श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङलाई पनि सम्मानित गरिने भएको छ ।

हिमाली जिल्ला मनाङका नेता गुरुङ संविधानसभा पदकबाट विभुषित हुनेछन् । गणतन्त्र दिवसको अवसरमा आगामी जेठ १६ गते भव्य समारोहको आयोजना गरेर उक्त सम्मान प्रदान गरिने श्रोतले बताएको छ । यस वर्ष सरकारले ११०९ जना नेताहरुलाई संविधानसभा पदक प्रदान गर्नेछ ।

मनाङका नेता टेकबहादुर गुरुङ सदस्य रहेको संविधान सभाले लामो समयदेखि बन्न नसकेको नेपालको संविधान निर्माण गरी जारी गरेको थियो । नेता टेकबहादुर गुरुङले मनाङको राजनीतिमार्पmत लोकतन्त्र कायम गराउनमा उल्लेखनीय योगदान दिंदै आएका छन् ।

संविधानसभाको पहिलो बैठकले विसं २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा प्रत्येक वर्ष जेठ १५ गते विविध कार्यक्रम गरी यो दिवस मनाइदै आएको छ । गणतन्त्र स्थापनापछि पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पनि दोस्रो संविधानसभाले ७० वर्ष पुरानो सपना साकार पारेको थियो । विसं २०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी भएपछि देशको तीनै तहको निर्वाचन सम्पन्न गरी संविधानको सफल कार्यान्वय प्रकृया जारी रहेको छ ।