२०८१ श्रावण १२

माथिल्लो मनाङमा पुग्यो मिनि बस

minibus at upper manag

हुम्डे, बैशाख ३१ । हिमाली क्षेत्रमा बसबाट यात्रा गर्न चाहने जोसुकै यात्रुहरुलाई अब मनाङ सजिलो गन्तव्य भएको छ । मनाङको हुम्डेमा यात्रुबाहक मिनि बस लिएर नेपालगञ्जका यात्रु पुगेपछि यो उदाहरण बनेको हो ।
विकट हिमाली जिल्लामा बसबाट यात्रा गर्न निकै कठिन हुने नेपालमा मनाङ गन्तव्य उत्कृष्ट हुदै गएको यात्रुहरुले प्रतिकृया दिएको हुम्डे निवासी राजु गुरुङले जनाएका छन् । यसअघि जिल्लाको सदरमुकामसम्म मिनि बस पुग्दा मनाङबासीहरुले जिल्ला अब दुर्गम नरहेको महशुस गरेका थिए ।