घ्यालसुम्दो सेवा समाजमा नयाँ कार्यसमिति
काठमाडौं, २ बैशाख / मनाङ घ्याल्सुम्दो समाज, काठमाडौंको हालै सम्पन्न अधिवेशनबाट प्रेमलाल लामाको अध्यक्षतामा सर्वसम्मतीबाट ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । मनाङको बगरछाप निबासी लामाको अध्यक्षता आगामी दुई वर्षको कार्यावधिका लागि नयाँ कार्यसमिति चयन गरिएको हो ।
अधिवेशनबाट उपाध्यक्ष पदमा चामेका मानबहादुर लामा निर्वाचित भएका छन् भने महासचिवमा चामेबाटै सुनिता घलेलाई चयन गरिएको छ । त्यस्तै सचिवमा चामेकै रविन्द्र लामा र कोषाध्यक्षमा थोंचेका खम्सुङ पुनेल चयन भएका छन् ।
नयाँ कार्यसमितिका सदस्यहरूमा क्रमशः बगरछापका दोर्जे बिष्ट, थोंचेका लोब्साङ लामा, थोंचेकै सुभद्र लामा र बगरछापकी रेणुका लामा निर्वाचित भएका छन् । निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीहरुलाई घ्यालसुम्दो सेवा संस्था अमेरिकाका अध्यक्ष छिरिङराप्के लामाले बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गरेका छन् ।
-
१
मनाङ जिल्लमा ४० प्रतिशतमात्र मतदान, मतपेटीका संकलन शुरु, मतगणना शुक्रबार बिहान ९ बजेबाट शुरु हुने ।
-
२
नेपाली काँग्रेसका उम्मेद्वार टेक बहादुर गुरुङद्वारा मतदान सम्पन्न ।
-
३
मनाङ जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२, अन्तर्गतका सबै तयारी पुरा : प्रजिअ पौड्याल ।
-
४
मौन अवधि सुरु, आचारसंहिता अनुगमन गर्न अधिकृतलाई आयोगको निर्देशन


प्रतिक्रिया दिनुहोस्