२०८१ श्रावण १२

बेपत्ता पर्यटक र गाईडको शव फेला

Annapurna Trail

चामे, अन्नपूर्ण पदयात्राका क्रममा १४ फागुनदेखि सम्पर्कविहिन भएका नेदरल्याण्डका नागरिक बोलेम भिन्सेन्ट र उनका गाईड अजय ढकालको शब फेला परेको छ । मनाङ नेस्याङ गाउँपालिका अन्तर्गत ढिकुरपोखरी नजिक क्याङदीभिरमा उनीहरुको शब फेला परेको हो ।

गुम्छाङ हुदै लेदरसम्म पुगेर फर्कनेक्रममा ढिकुरपोखरीनजिकको क्याङ्दी भिरमा आएको हिउँपहिरोबाट उनीहरुको शब निकालिएको जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी निरीक्षक श्रवणकुमार विकले बताए । उनको शब पोष्टमार्टमका लागि हेलिकप्टरबाट शनिवार काठमाडौं लगिएको छ ।

प्रहरी कार्यालयका अनुसार उनीहरु बेपत्ता भएसँगै हुम्डे प्रहरी चौकी मनाङले माथिल्लो बेल्ट, पिसाङ, ङावल, घ्यारुलगायतका ठाउँमा खोजी गर्दै आएको थियो ।

— नयाँ पत्रिकाबाट