२०८१ श्रावण १२

हाईअल्टिच्युट ट्रेनिङ्ग सेन्टरको निर्माण छिटो गर्नु छ

Karsang Gurung (Dudhbahadur Gurung) - Football

दुधबहादुर गुरुङ्ग (कर्साङ्ग), सचिव : मनाङ जिल्ला फुटबल संघ

२०३१ साल जेठ ३० गते नासों गाउँपालिका वडा नं ४ मा ओडार गाउँमा जन्मिएका दुधबहादुर गुरुङ (कर्साङ) मनाङ जिल्ला फुटबल संघका सचिव हुन् । स्थानीय सरस्वती प्रा.वि.बाट बाल्यशिक्षा शुरु गरेका उनले नजिकैको प्रकाशज्योति माध्यमिक विद्यालयबाट माध्यमिक तहको अध्ययन सकेर उच्च शिक्षा हासिल गर्न राजधानी आई रोजगारका लागि समेत पहल गरेयता उनी राष्ट्रिय खेलकूद परिषदको कर्मचारी पदपूर्तिका लागि सार्वजनिक गरेको विज्ञापनअनुसार खुल्ला प्रतिष्पर्धाबाट नायब सुब्बा पदका लागि त्यसमा नियक्ती हुन पुगे । कर्साङ्गले उच्च शिक्षा अध्ययन र सरकारी सेवा एकै साथ शुरु गरका हुन् । मनाङ जिल्ला खेलकूद विकास समितिमा कर्मचारीका रुपमा खटाईएका उनी हाल अधिकृत तहमा सेवारत रहदै मनाङ जिल्ला पूmटबल संघको सचिव पदको जिम्मेवारी पनि सम्हाल्दै आईरहेका छन् । प्रस्तुत छ ः हिमाली जिल्ला मनाङको खेलकूद क्षेत्रको सेरोफेरोमा केन्द्रित रहेर उनै दुधबहादुर गुरुङ (कर्साङ) सँग गरिएको कुराकानीको सम्पादित अंश ः

० सबभन्दा पहिला त, २०६७ सालदेखिको पहलपछि यसपाली मनाङ जिल्ला फुटबल संघले अखिल नेपाल पूmटबल संघको सदस्यता प्राप्त गरेको छ, यो विषयमा केही प्रष्ट पारिदिनुहोस् न ?

— निश्चय नै यति बेला मनाङ जिल्लाका खेलकूदप्रेमीहरु निकै हर्षित भएका छौं । हामीले अर्थात मनाङ जिल्ला फुटबल संघले एन्फाको सदस्यता प्राप्त गरेका छौं । यस विषयमा मनाङ जिल्ला फुटबल संघका अध्यक्ष विनोद गुरुङज्यूले विभिन्न माध्यमबाट खुशी ब्यक्त गरिरहनु भएको छ । अखिल नेपाल फुटबल संघको विराटनगरमा सम्पन्न भएको १८ औं साधारणसभाले मनाङ जिल्ला फुटबल संघलाई सदस्यता प्रदान गरेकोमा हामीलाई धेरै धरै गौरव महशुस भईरहेको छ । ८ बर्षको अथक प्रयासपछि सफल भएको यस कार्यमा सहयोग गर्नु हुने माननीय संघीय सांसद कर्म घले, मनाङ मस्र्याङदी क्लबका भु.पु. अध्यक्षहरू टासी घले, जाम्लीङ घले, जिम्मी गुरूङ, मनाङ–मस्र्याङ्दी क्लबका वर्तमान अध्यक्ष छिम्मी उर्केन गुरुङ, एन्फाका अध्यक्ष कर्म छिरिङ शेर्पा, एन्फाका सदस्य बिजय घले र स्थानीय युवा क्लबहरुलाई मनाङ जिल्ला फुटबल संघको अध्यक्ष र मनाङ जिल्ला फुटबल संघ परिवारको तर्फबाट धेरै धेरै धन्यबाद दिएका छौं । मनाङ जिल्ला फुटबल संघको तर्फबाट सचिवको नाताले मैले नै सदस्यता ग्रहण गर्ने मौका पाएको थिएँ ।

० मनाङ जिल्ला खेलकूद विकास समितिमा सेवा गर्दै आउनु भएको यति लामो समय वितेको छ, आपूmले त्यहाँ पाएको जिम्मेवारीलाई कसरी वहन गर्दै आउनु भएको छ ?

— मनाङ जस्तो हिमाली जिल्ला र दुर्गम भूभाग भएको जिल्लामा खेलकूदको विकासको कार्यक्रमलाई निरन्तर रुपमा सञ्चालन गर्न सक्नु चानुचुने चुनौतिको कुरा होइन । राष्ट्रिय खेलकूद परिषदको निर्देशित कार्यक्रमहरुलाई हामीले निरन्तर रुपमा सञ्चालन गर्दै आईरहेका छौं । खेलकूदप्रेमीहरुको आस्थालाई उच्च मूल्यांकन गरेर खेलकूदका विकासका लागि दिन रात नभनी खटिदै आईरहेको कुरा सर्व्विदितै छ । मनाङ जिल्ला पनि राष्ट्रपति रनिङ शिल्ड तथा अन्य क्षेत्रीय स्तरीय र राष्ट्रियस्तरका खेलकूदका गतिविधिहरुमा सहभागिता जनाउन पछि परेको छैन । थोरै जनसंख्या, भौगोलिक र मौसमको दृष्टिकोणले पनि कठिन जिल्ला भए पनि हामीले आफ्नो गतिविधिलाई निरन्तरता दिन अग्रसरता देखाउदै आईरहेका छौं । प्रतिवर्ष खेलकूद क्षेत्रमा मनाङमा प्रगति हुदै गएको छ ।

०  पछिल्लो अवस्थामा मनाङ जिल्लामा युवा र विद्यार्थीहरुको खेलकूदप्रतिको झुकाव कस्तो रहेको छ ?

— पछिल्लो अवस्थामा जिल्लाको पहिचान झल्काउने खेलकूद जस्तो महत्वपूर्ण पाटोमा युवा र विद्यार्थीहरुको अत्यन्तै झुकाव बढेर गएको हामीले पाएका छौं । हामीले सञ्चालन गर्ने खेलकूदका गतिविधिहरुमा युवा तथा विद्यार्थीहरुको आकर्षणलाई हेर्दा मनाङ जिल्ला पनि अन्य जिल्लाको तुलनामा पछाडि छैन । यसमा उनीहरुको आवश्यकतालाई सम्बोधन गर्न आवश्यक कदम चाल्नै पर्ने भएको छ । यसका लागि मनाङ जिल्ला खेलकूद विकास समितिको गम्भिर ध्यानाकर्षण भएको छ ।

० मनाङ जिल्लाको खेलकूद विकासमा के कस्तो समस्या देख्नु भएको छ ? 

— मनाङ जिल्ला हावापानी र भुगोलका कारणले सबै प्रकारका भौतिक वस्तु व्यवस्था गर्न गाह्रो हुने जिल्लाको रुपमा रहेको छ । यसका बाबजुद पनि हामीले आफ्ना गतिविधिहरु सञ्चालन गरिरहेकै छौं । हामीले भोग्नु परेको सबैभन्दा ठूलो समस्या भनेको विभिन्न विधाका खेलकूदका प्रशिक्षकहरु व्यवस्थापन हो । प्रशिक्षक व्यवस्था र प्रशिक्षणका कक्षाहरु सञ्चालनको समस्या हामीले झेल्दै आईरहेका छौं । यसका लागि पहल नगरिएको पनि होइन । तर विस्तारै सफलता मिल्न सक्छ भन्ने कुरमा हामी आशावादी भएर लागि परेका छौं ।

० मनाङमा कुन विधाको खेलामा त्यहाँका युवा तथा विद्यार्थीहरुको अभिरुचि बढी देखिन्छ ?

— प्रचारमा आएका सबै किसिमका खेलकूदका विधामा मनाङका खेलप्रेमीहरुको अभिरुचि छ नै । क्रिकेट, कराँते, एथ्लेक्टिस, ब्याडमिन्ट र टेबलटेनिस जस्ता खेलहरुमा पनि उतिकै झुकाव देखिन्छ । प्रशिक्षककै अभावका कारणले यस्ता खेलहरुले गति लिन सकीरहेको छैन । तर विशेषगरी अधिकांश युवा तथा विद्यार्थीहरुको आकर्षण चाही भलिबल तथा पूmटबलमा र मनाङकै मौलिक खेल आर्चरीमा रहेको छ । यसका लागि अभ्यासहरु दिनानुदिन हुदै आईरहेको छ । विभिन्न प्रतिष्पर्धाहरुमा उनीहरुको सहभागिता उल्लेखनीय रुपमा हुने गरेको छ ।

० मनाङ जिल्लाबाट धेरै नेताहरु संसद र मन्त्रीमण्डलमा पटक पटक प्रतिनिधित्व गरिसक्नु भएको छ, जिल्लास्तरका नेता तथा समाजसेवीहरु हुनुहुन्छ, उहाँहरुबाट खेलकूद क्षेत्रमा कस्तो योगदान रहेको छ ?

— मनाङ जिल्लाको भौगोलिक विकटताका कारण जति धेरै काम गरे पनि कम देखिन्छ । उहाँहरुले आफ्नो ठाउँबाट सकेजति काम गर्न छोड्नु भएको छैन । सबैले आफ्नो ठाउँबाट आफ्नो पदीय कार्यकालमा काम गर्दै आउनु भएको छ । उहाँहरुको उल्लेखनीय प्रयासलाई हामी खुलेर प्रसंसा गर्दै आईरहेका छौं ।

० मनाङमा हाईअल्टिच्युट ट्रेनिङ सेन्टर निर्माण गरेर राष्ट्रियस्तरको खेलहरु प्रशिक्षणका लागि के कस्तो पहल भईरहेको छ ?

— मनाङ जस्तो हिमाली जिल्लामा खेलकूदका लागि हाईअल्टिच्युट ट्रेनिङ्ग सेन्टर निर्माण गर्नका लागि चामे गाउँपालिका थान्चोक–तिमाङका बुद्धिजिवी दाताहरुले आवश्यक जग्गा निःशुल्क दान गर्नु भएको छ । पूर्व मन्त्री, राज्यमन्त्री एवं सांसदज्यूहरुले भरपूर प्रयास गर्नु भएको थियो । पूर्व मन्त्री देवप्रसाद गुरुङ स्थानीय विकास मन्त्री हुदा निर्वाचन क्षेत्र विकास कोषबाट १ लाख रुपैया अनुदान रकमबाट शूरवात गरएको यो रंगशाला अहिले तिब्र गतिमा निर्माण भईरहेको छ । उक्त ट्रेनिङ्ग सेन्टर निर्माणमा वर्तमान संघीय तथा प्रदेश सांसदज्यूहरुले पनि विशेष पहल गरिरहनु भएको छ । विभिन्न पार्टीका जिल्लास्तरका नेताहरुबाट पनि यसका लागि विभिन्न सहयोग प्राप्त हुदै आएको छन् । श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङ्गज्यूले उक्त रंगशालाको अहिलेको भौतिक पूर्वाधार निर्माण गर्न खेलकूद मन्त्री र मातहतका निकायसँग बारम्बार छलफल एवं बहस गरिरहनु भएको थियो । जिल्लामा प्राप्त हुने बजेट र सांसद कोषको बजेट समेत समावेश गरेर रंगशाला विस्तार गर्ने काममा निकै सक्रीयता पूर्वक लाग्नु भयो । यो खेल मैदानको स्तरउन्नति गरी अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका खेल मैदान बनाउन विशेष पहल गर्नु भएको थियो । उहाँले आफ्नो निर्वाचन क्षेत्र विकास कोषबाट रु. ९ लाख ५० हजार रुपैयाँ समेत उपब्ध गराउँनु भएको थियो । पर्वतीय खेलकूदसँग सरोकार राख्ने गतिविधिहरुका लागि नेपालमा हाई अल्टिच्यूट ट्रेनिङको निकै नै खाँचो भएको र देशकै राजधानी काठमाडौंदेखि मोटरबाट ९ घण्टामा पुग्न सकिने हिमाली जिल्ला मनाङकै केन्द्रविन्दु रहेको तिमाङ रंगशालामा हाई अल्टिच्युट तालिम केन्द्र सञ्चालन गर्न उपयुक्त रंगशाला भएकोले यसलाई अगाडि बढाउने कार्यमा विशेष जोड दिनु भयो । यस अगाडि खेलकूद मन्त्रालयबाट सचिव लगायतको टोली उक्त रंगशालाको निरिक्षणका लागि तिमाङ मैदानमा आएका थिए । यसका लागि हालसम्म करिब १ करोड ५० लाख रुपैया लगानि भईसकको छ । राष्ट्रिय खेलकूद परिषद्बाट २५ करोड ९० लाख ६७ हजार ६ रुपैयाँ ३८ पैसाको बजेट कभर्ड हल र फुटबल मैदानको डिपिआर निर्माणका लागि रकम आवश्यक लागत प्रस्ताव गरी सकिएको छ । डिपिआर अनुसारको ट्रेनिङ सेन्टर निर्माण बजेट प्राप्त हुन सकेमा यो परियोजना आगामी ३ वर्षभित्रमै सम्पन्न गर्ने योजना रहेको छ ।

० अन्त्यमा केही भन्नुहुन्छ ?

—  हामी मनाङ जिल्ला फुटबल संघलाई अखिल नेपाल फुटबल संघको सदस्यता लिने विषयमा लामो समयदेखि प्रयास गरिरहेका थियौं । एन्फाको १८ औं साधारणसभाले हाम्रो यो प्रयासलाई समर्थन गरेर सदस्यता प्रदान गरेकोमा हामीलाई यो स्थानसम्म आउन सहयोग गरिदिनु हुनै सबैमा म पुन एक पटक धन्यवाद भन्न चाहन्छु ।