२०८३ कार्तिक १३

मनाङका पेम्बा धोर्जे लामा काँग्रेस सभापति थापाद्वारा सम्मानित ।

पोखरा, नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले नेपाली काँग्रेस, मनाङका संस्थापक सदस्य श्री पेम्बा धोर्जे लामालाई नगद २५ हजार, सम्मानपत्र र दोसल्ला ओडाएर सम्मान गरेका छन् ।
बिपी स्मृति पुस्तकालय गण्डकी प्रदेशद्वारा पोखरामा आयोजित सम्मान कार्यक्रममा सभापति थापाले नेपाली काँग्रेसमा रहेर विशिष्ट योगदान पुर्याउनु भएका गण्डकी प्रदेशका ११ जिल्लाका एक÷एक जनालाई सम्मान गर्नुभएको थियो ।
सम्मातिन हुनेहरुमा मनाङका पेम्बा दोर्जे लामा, कास्कीका कृष्णबहादुर कुँवर, स्याङ्जाका शालिकराम न्यौपाने, पर्वतका बलभद्र शर्मा, बागलुङका हरिप्रसाद श्रेष्ठ, म्याग्दीका पृथ्वीमान छन्त्याल र मुस्ताङका सोनम धोर्जे विष्ट, नवलपुरका सुमित्रादेवी खनाल, गोरखाका राममणि धिताल, लमजुङका नवीन बानियाँ, तनहुँका झपटबहादुर केसी हुनुहुन्छ ।
सभापति थापाले विगतमा नेपाली काँग्रेससँग आबद्ध रहेका तर पछिल्लो समय अलग भएका परिवारसँग विशेष अभियान सञ्चालन गरी जोडिनुपर्ने धारणा राखेका थिए । सभापति थापाले भने, “दुई लाखभन्दा बढी परिवारहरु अहिले हामीसँग अलग भएको छ । ती अलग भएका परिवारलाई हामीले खोज्नुप¥यो । उहाँहरुसँग संवाद गर्नुप¥यो ।”
पार्टीमा २० देखि ८० वर्षसम्मका चार पुस्ता क्रियाशील रहेको उल्लेख गर्दै सभापति थापाले पाका नेताको अनुभव र युवाहरुको ऊर्जाको संयोजनबाट मात्र नतिजा हासिल हुने स्पष्ट पारे ।
उनले नेताहरुलाई भड्किलो शैली त्यागेर गाउँ–गाउँमा खटिन निर्देशन समेत दिए । आगामी स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनोटको सम्पूर्ण अधिकार तल्लो तहलाई दिइने पनि सभापति थापाले बताए ।