मनाङको खाङसारसम्म सवारीसाधन सञ्चालनमा, पर्यटक र स्थानियलाई राहत ।
चामे, मनाङको मस्र्याङ्दी नदीमा आएको बाढीले बगाएर ल्याएको गेग्रान, ढुङ्गा र लेदो थुप्रिएपछि चामेस्थित मुख्य पुल अवरुद्ध भएको २० दिनपछि काठको वैकल्पिक पुल निर्माण गरिए सवारी साधन सञ्चालनमा आएको छ ।
पुरानो पक्की पुलमाथि काठको संरचना बनाएर तल्लो र माथिल्लो मनाङबीचको आवागमन पुनः सञ्चालन गरिएको हो । नदीको बहाव फर्काउन र पुलमुनि थुप्रिएको ढुङ्गा–माटो हटाउन सम्भव नभएपछि पर्यटकीय सिजनलाई ध्यानमा राखेर रातभर काम गरी अस्थायी काठे पुल निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले बताए ।

प्राविधिकको सल्लाहमा पुरानो पक्की पुलको संरचनामाथि काठको बलियो संरचना बनाइएको छ । यसबाट मुख्य पुललाई थप क्षति नपु¥याई हलुका सवारीसाधन र यात्रुको आवागमन सञ्चालन गरिएको प्रजिअ खनालले बताए ।
नदी खोल्न र गेग्रान, ढुङ्गा र लेदो हटाउन नसकिएपछि अरू विकल्प भएन । पर्यटकीय सिजन सुरु भएकाले प्राविधिककै सल्लाहमा पुलमाथि काठको पुल थपेर हलुका सवारीसाधन र पर्यटकको आवतजावत खुलाएको हो ।

आगामी मङ्सिरपछि नदीको सतह घटेपछि बगर हटाएर बेलिब्रिज निर्माण गर्ने योजना रहेको मनाङका प्रतिनिधिसभा सदस्य माननीय टेक बहादुर गुरुङले बताए । सांसद गुरुङले संसदमा पनि मैले यस बिषयमा मागपत्र राखी सकेको छु भने सम्बन्धीत सबै निकायहरु र नेपाली सेनाको इञ्जीनेरिङ विभागसंग गहन छलफल भइसकेकाले अध्ययन भई नयॉ बेलिब्रिजको निमार्ण कार्य प्रारम्भ हुने विश्वास ब्यक्त गरे ।
त्यसैगरी, सोही सडक खण्डको भ्राताङ–तलेकु क्षेत्रमा सडक निमार्णका लागि पनि सम्बन्धित सबै पक्षसंग कुराकानी भइरहेको छ । त्यसका लागि पनि उचित बजेट बिनियोजनको लागि पहलकदमी भइरहेको सांसद गुरुङले बताए । यसका साथै सदरमुकाम चामे स्थित मस्र्याङ नदी पूर्वका क्षतीग्रस्त घरहरु र त्यहाँबसोबास गर्ने जनताको दिर्घकालीन समाधानका सम्बन्धमा पनि सरकारसंग कुराकानी भइरहेको उनले बताए ।

सडक सञ्जाल पुनः जोडिए पनि जिल्लामा ठाउँठाउँमा अप्टिकल फाइबरका तार टुटेकाले अवरुद्ध इन्टरनेट सेवा सुचारु गर्नुका साथै थप प्रभावकारी सञ्चार सेवा सञ्चालनका लागि सञ्चारमन्त्री, मन्त्रालय र दुरसञ्चार संस्थानसंग कुराकानी भएको पनि सांसद गुरुङले बताए ।
अन्नपूर्ण चक्रीय पदमार्ग अन्तर्गत मस्र्याङदी नदीको अस्थाई काठे पुल सञ्चालनमा आएपछि सदरमुकाम चाममा बसेका आन्तरिक तथा बाह्य पर्यटकहरु हार्सोल्लासका साथ माथिल्लो मनाङ तर्फ लागेका छन् भने सवारी साधनहरु पनि आ–आप्mनो गन्तब्य तर्फ लागेका छन् ।


प्रतिक्रिया दिनुहोस्