२०८३ आश्विन २१

माननीय टेकबहादुर गुरुङद्वारा सरकार समक्ष तीन प्रस्ताव ।

काठमाण्डौँ, मनाङ–१ का प्रतिनिधिसभा सदस्य माननीय टेकबहादुर गुरुङले चामे–खाङसार सडकको चामे नजिकैको मस्र्याङदी नदीमा नयॉ पूल निमार्ण गर्नुपर्ने सरकारसंग जोडदार माग गरेका छन् ।
माननीय गुरुङले चामे–खाङसार सडकको चामे नजिकैको मस्र्याङदी नदीमा रहेको हालको पूल अत्यन्त हॉचो भएकाले बर्षयाममा पटक–पटक नदी थुनिने र आसपासको घरहरुमा क्षति पु¥याउने भएकाले अब हालको पूलको सट्ट नयॉ पूल निमार्ण गर्नुपर्ने सरकारसंग जोडदार माग गरेका छन् ।
सांसद गुरुङले राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख डा. धर्मराज उप्रेतीसंग भेट गरी चामे–खाङसार खण्डको मस्र्याङदी नदीमा हाल रहेको पूल अत्यन्त हॉचो भएकाले थुनिएर विद्यालय, बाटा र घरहरुमा क्षति पु¥याएको र यस बर्षपनि सोही पुलमा धेरै गेगर थुप्रीएर नदीको बहाब पूर्वतर्फ बहन गई एक दर्जन घरहरुमा क्षति पुर्याएको छ । नदीको बहाब साबिको स्थानमा ल्याउन विगत ९ दिनदेखि काम भइरहेको भएतापनि पनि हालसम्म खासै उपलब्धी हाँसिल हुन नसकेकाले हालसम्म माथिल्लो मनाङको मेरुदण्डको रुपमा रहेको सो सडक सञ्चालनमा आउन नसकेको बताए ।


त्यसैगरी, सोही सडक खण्डको ङिस्याङ–१ भ्राताङ–तलेकु खण्डमा मस्र्याङदी नदीले सडक कटान गरी बगाएकाले सडक निमार्णको काम भइरहेको तर इन्धन अभावका कारणरण काम ठप्प भएकाले सो क्षेत्रमा तत्काल इन्धन उपलब्ध गरी काम सुचारु गर्न समेत आग्रह गरे ।
त्यसैगरी, बेमौसमी हिमपातका कारण कृषले भित्र्याउन लागेको (बर्षको एक बाली) अन्नबाली नष्ट गरेको र बाढी, पहिरोका कारण सडक ठप्प भएपछि माथिल्लो मनाङको ङिस्याङ र नार्पाभूमि गाउ‘पालिका क्षेत्रमा खाद्यन्न संकट देखिन थालेकाले उक्त क्षेत्रमा सरकारले तत्काल खाद्यन्न आपूर्तीको ब्यवस्था गर्न समेत जोडदार माँग गरे ।
बर्षयाममा पटक–पटक नदी थुनिने र आसपासको घरहरुमा क्षति पु¥याउने भएकाले झट्ट नयॉ पूल निमार्ण गर्नुपर्ने सरकारसंग जोडदार माग गरेका छन् ।


राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख डा. धर्मराज उप्रेतीले सबैभन्दा पहिले ङिस्याङ–१ भ्राताङ–तलेकु खण्डमा भइरहेको कामलाई असर नपर्ने भरी इन्धन आपूर्तीको ब्यवस्था गरिने, सम्बन्धीत सबैपक्षसंग छलफल गरी चाँडै नै बेलीबिज्र निमार्णको काम शुरु गरिने र माथिल्लो मनाङका ङस्याङ र नार्पाभूमि गाउ‘पालिका क्षेत्रमा खाद्यन्न संकट हुन नदिन खाद्यन्न आपूर्ती शुरु थरिसकिएको जानकारी दिए ।
सांसद गुरुङले बिहिबार नेपाली सेनाका प्राविधिक प्रमुख मेजर जेनरल विश्वबन्धू पहाडीसंग मस्र्याङदी नदीमा नयॉ बेलिबिज्र निमार्णका साथै हाल सदरमुकाम चामे क्षेत्रमा देखिएको समस्या समाधानका लागि गहन छलफल गर्ने कार्यक्रम रहेको छ ।