प्रतिनिधिसभा बैठकमा समग्र मनाङ जिल्लाको वस्तु स्थितीको जानकारी गराउँदै माननीय टेक बहादुर गुरुङ ।
काठमाण्डौँ, पूर्वश्रम तथा रोजगार राज्यमनत्री एवं मनाङ–१ का प्रतिनिधिसभा सदस्य माननीय टेकबहादुर गुरुङले असोज ८ गतेदेखि ११ गतेसम्म परेको अबिरल बर्षा, र हिमपातका कारण मनाङ जिल्लामा ठूलो क्षति भएको कुरा असोज १२ बजे बसेको प्रतिनिधिसभा बैठक (सदन) लाई जानकारी गराउनका साथै जोडदार माग समेत गरेका छन् ।
सदनको बैठकमा माननीय सांसद गुरुङले हालको बाढी पहिरोबाट मनाङ सदमुकाम चामे क्षेत्रका आधा दर्जन जति घरहरु स्थानिय ठाढे खोलाले बगाएको छ । त्यसैगरी, नासो गाउ‘पालिकाको वडा न.–१, ताल गाउ‘का ढेड दर्जनभन्दा धेरै घरहरुमा मस्र्याङदी नदीको बाढीले क्षति पु
र्याएको छ । दर्जनौ पूल–पुलेसा बगाएको छ । जसका कारण सामान्य आवत–जावतमा समेत समस्या उत्पन्न भएको भन्दै सभामुख मार्फत सरकारको ध्यान आर्कषण गराएका छन् ।
उसैगरी, बेसीशहर–चामे सडक अन्र्तगतका विभिन्न दर्जनौ स्थानमा पहिरो खसेकाले पूर्ण रुपमा बन्द छ । त्यसैगरी, चामे–खाङसार सडकका केही भागहरु मस्र्याङदी नदीले कटान गरी बगाएकाले सवारी सधान त परै जाओस मानिसहरु आवत–जावत समेत गर्न नसकेको कुरा सम्मानीत सदनको ध्यान आकर्षित गराएका छन् ।
अन्नपूर्ण पदमार्ग अन्र्तगत पर्ने मनाङका विभिन्न स्थानमा बाढी पहिरोका कारण सडक, बाटो अवरुद्ध भएकाले सर्यौ पदयात्रीहरु जिल्लाका विभिन्न स्थानमा अड्किएर बसेका छन् । उनीहरुको उद्धारमा सरकारले तत्काल कदम चाल्न जोडदार माग गर्दछु ।
त्यसैगरी, अबिरल बर्षासंगै मनाङ जिल्ला लगायत हिमाली जिल्लाहरुमा भएको हिमपातले मनाङ जिल्ला नार्पाभूमि गाउँपालिका वडा नं–५ मा पर्ने हिमलुङ हिमाल आरोहणका लागि ब्यवस्थापनका लागि गएका २७ मध्ये २ जनाको मृत्यु भएको ११ जना सम्र्पकमा आएको र १४ जना अझै सम्र्पकमा नआएको सदन मार्फत सरकारलाई जानकारी गराए । सम्र्पक बिहीन भएकाहरुको खोज तथा उद्धारमा सरकारले झट भन्दा झट उचित कदम चाल्नका लागि जोडदार माग गरे ।
त्यसैगरी, मनाङ जिल्लाका कृषहरुले भित्र्याउन तयारी अवस्थामा रहेको अन्नबाली बेमौसमि हिमपातले नष्ट भएको छ । बर्षको एकपटक मात्र उत्पादन हुने अन्नबाली हिमपातले नष्ट भएपछि अब हिमाली जिल्लाहरुमा खाद्यन्न संकट उत्पन्न हुने निश्चित छ । त्यसैले, सरकारले त्यसतर्फ पनि उचित ध्यान दिन जोडदार माग गर्दछु भनेका छन् ।
त्यसैगरी, शरद ऋतु शुरुभएसंगै मनाङ जिल्लामा हजारौं आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गर्द थिए । तर, यसबर्ष भने बाडी,पहिरो र ढुबानका कारण पर्यटकहरु आउन सक्ने अवस्था छैन । जसका कारण मनाङ जिल्लाका पर्यटन ब्यवसायीले ठूलो आर्थिक क्षती ब्यर्होनु परेको छ । त्यसैले, सरकारले मनाङ जिल्ला लगायत दशभरका पर्यटन ब्यवसायीको आर्थिक क्षतीलाई पनि उचित सम्बोधन गर्ने गरी कार्यक्रमहरु सञ्चालनमा ल्याउन यसै सदन मार्फत सरकारसंग जोडदार माग गरे ।
त्यसैगरी बर्षा र हिमपातले गर्दा मनाङ जिल्लाको निस्याङ र नार्पाभूमी गाउँपालिकामा बिद्युत र टेलिफोन सेवा अझै सञ्चालन हुन नसकेको जसका कारण उद्धार सूचना प्रवाहमा समस्या उत्पन्न भएको भन्दै ततकाल बिद्युत र टेलिफोन सेवा सुचारु गर्न माग गरे ।
मनाङ जिल्लाका अधिकांश पूल पुलेसाहरु बाढीले बगाएको, पहिलोले बाटोहरु बन्द भएकाले सयौ आन्तरिक तथा बाह्य पर्यटकहरु मनाङ जिल्लका विभिन्न स्थानमा अड्कीएर बसेको हुनाले उनीहरु उद्धारका लागि सरकारले प्राथमिकताका साथ कामहरु अधि बडाउनु पर्ने पनि बताए ।


प्रतिक्रिया दिनुहोस्