२०८३ आश्विन १२

मनाङ बाढी पहिरो अपडेट ।

मनाङ, केही दिनदेखि परेको अबिरल बर्षाका कारण मनाङ जिल्लाका अधिकांश पालिकाहरुमा क्षति पुगेको छ ।
बर्षाका कारण स्थानिय खोलाहरुमा पानीको बहाब बढेपछि स्थानिय पूलहरु बगाएको छ भने सदरमुकाम चामे बजार आसपासका सबै पूलहरुपनि बगाएको छ । चामे बजार भएर बहने ठाढे खालले अधार्दजन जति घरहरु बगाएको तर मानविय क्षती भने नभएको मनाङ जिल्लाको प्रमुख जिल्ला अधिकारी मुक्ती प्रसाद खनालले बताए ।
प्रजिअ खनालका अनुसार मनाङ जिल्लाका अधिकांश स्थानमा अबिरल बर्षाको असर परेको भएतापनि टेलिफोन सम्र्पक हुन सकेको थिएन । आज बिहानबाट पानी केही कम्ती पर्न थालेको र टेलिफोन सम्र्पक पनि थालेकाले सबैतिर सम्र्पकको प्रयास भइरको छ ।
हालसम्म दक्षिणी मनाङको ताल गाउंमा मस्र्याङदी नदीमा आएको बाढीले एक दर्जभन्दा बढी घरहरु पुरिएको स्थानिय समाजसेवी ललिता गुरुङले बताए । समाजसेवी गुरुङका अनुसार मस्र्याङदी नदीमा पानीको बहाब बढेसंगै गाउ पसेको थियो । प्राप्त जानकारी अनुसार गाउंका मानिसहरुलाई सुरक्षति रहेको र स्थानिय समाजसेवी, कल्बहरुले बाढी पहिरो प्रभावित क्षेत्रमा कार्य गरिरहेको जनाइएको छ ।
जिल्ला प्रशासन कार्यलय मनाङले सुरक्षाकर्मी र स्थानियको पहलमा ससना पूलपुलेसा र बाटोको मर्मत कार्यशुरु गरिएको छ । टेलिफाने नेटर्वक अझै पूर्णरुपमा सञ्चालनमा आउन सकेको छैन । प्राप्त जानकारी अनुसार चामे बजारदेखि माथिल्ले मनाङ जोडने बाटो पनि दर्जनौस्थानमा अवरुद्ध भएको छ । जस्का कारण आवत जावतमा कठिनाई भएको छ ।