२०८३ आश्विन ४
आज ३१ जिल्लामा नेपाली काँग्रेसको वडा अधिवेशन हुँदैछ ।
काठमाण्डौ‘, नेपाली काँग्रेसको १५औं महाधिवेशनअन्तर्गत आज (आइतबार) ३१ जिल्लामा वडा अधिवेशन हुँदैछ ।
केन्द्रीय निर्वाचन समितिका अनुसार शनिबार ४३ जिल्लाका ३ हजार ३९६ वडामा वडा अधिवेशन सम्पन्न भएको थियो । बाँकी ३१ जिल्लामा आज वडा अधिवेशन हुनेछ ।
भोटेकोशी र त्रिशूली नदीको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा भने परिस्थितिअनुसार वडा अधिवेशनको नयाँ मिति तय गरिने छ ।
निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार शनिबार सुरु भएको वडा अधिवेशन उत्साहप्रद रहेको छ । शनिबार सम्पन्न वडा अधिवेशनबाट वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि समेत चयन गरिएको निर्वाचन समितिले जनाएको छ ।
३१ जिल्लामा आज हुने अधिवेशनले वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधि समेत चयन गर्ने छ ।


प्रतिक्रिया दिनुहोस्