२०८३ भाद्र २९

कृष्ण्भिरको भीरको नयॉ ट्रयाक परीक्षण, एकतर्फी सञ्चालनमा ।

काठमाण्डौँ, पृथ्वीराजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा निर्मित ट्रयाक परीक्षणका रूपमा एकतर्फी सञ्चालनमा ल्याइएको छ ।
त्रिशुली नदीमा आएको बाढीले सढकको तल्लो क्षेत्र कटान गरेपछि भदौ १४ गते सडक भासिएको थियो । भासिएको सढकभन्दा केही माथि भित्तो कटान गरेर नयाँ ट्रर्याक खोली परीक्षणका रूपमा एकतर्फी सढक सञ्चालनमा ल्याइएको हो.
सढकको ग्याभेलिङ र कम्प्याक्सनको काम भने अझै बाँकी रहेकाले सढक दुईतर्फी सञ्चालनमा ल्याउन भने अझै केही दिन लाग्ने सरकारले बताएको छ ।
सडक सञ्चालनमा आएसँगै राजधानीका लागि अत्यावश्यक सामग्री लिएर पहिरोका कारण बाटोमा फसेका ठूलासवारस्ी साधनहरु ( ग्यास बुलेटहरू कृष्णभीर सढक पार गराइएको सिढक निमाण अधिकारीहरुले बताएको छ ।
तत्कालका लागि ग्यासका बुलेट र खाद्यन्न बोकेका ट्रकहरू मात्र सञ्चालन गरिने छ । तत्काललाई सडकको अवस्था परीक्षण गर्न एकतर्फी गाडी सञ्चालनमा ल्याइएको भएपनि सडकको अवस्था हेरेर यातायातलाई थप सहज बनाइने बताइएको छ ।
कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्ग हुँदै काठमाण्डौ‘, धादिङ, चितवन, पोखरालगायतका क्षेत्रमा आवतजावत गर्ने सर्वसाधारणलाई सहज हुने भएको छ । सडक अवरुद्ध हु‘दा रोकिएका तथा वैकल्पिक मार्ग प्रयोग गर्न बाध्य सवारीसाधन बाटो सञ्चालन भएस‘गै नियमित सञ्चालनमा आउने छन् । यात्रुको समय र खर्च बचत हुनका साथै दैनिक उपभोग्य वस्तु तथा अन्य सामग्रीको ढुवानी समेत सहज हुनका साथै मह‘गीको मारमा परेका सर्वसाधरणमा राहत पुग्ने अपेक्षा गरिएको छ ।