बाढी प्रभावित क्षेत्रबाट ९ हजार ४ सय ३५ जनाको उद्धार, ४ हजार २ सय ४७ जना अझै सम्पर्कविहीन ।
काठमाण्डौँ, रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट सम्र्पक बिहीन भएका ९ हजार ४ सय ३५ जनाको उद्धार गरिएको राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरण जनाएको छ ।
प्राधिकरणले बाढीका कारण ज्यान गुमाउनेको सख्या ९ सय ३ पुगेको जनाएको छ । शव फेला परेका स्थानमध्ये रसुवामा २४, नुवाकोट–९५, धादिङमा ५५, गोरखा ६२, तनहुँ ३७, नवलपरासी पश्चिम १५१, नवलपरासी पूर्व २०७ र सबैभन्दा बढी चितवनमा २ सय ७२ जनाको शव फेला परेको पनि जनाएको छ ।
राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार नेपाल प्रहरी २५ जना, नेपाल सेना ४५ जना, सशस्त्र प्रहरी बल नेपाल १३ जना, भन्सार कार्यालयका १५ जना, अध्यागमन कार्यालयका ४ जना, रसुवामा ५६२ जना, नुवाकोटमा ११५ जना, जलविद्युत आयोजनाबाट ९३३ जना, मकवानपुरबाट ६५ जना, विदेशी नागरिक ५९२ जना, विदेशी पर्यटकसँग घुम्न गएका १२७ जना, लाङटाङ राष्ट्रिय निकुञ्जबाट ३ र क्वारेन्टाइन कार्यालयबाट ३ जना सम्पर्कविहीन भएको जनाएको छ ।
हालसम्म ४ हजार २ सय ४७ जना अझै सम्पर्कविहीन छन् । त्यसैले मृत्यु हुनेको संख्या अझै बढन सक्ने पनि प्राधिकरणले जनाएको छ ।
-
१
बाढी प्रभावित क्षेत्रबाट ९ हजार ४ सय ३५ जनाको उद्धार, ४ हजार २ सय ४७ जना अझै सम्पर्कविहीन ।
-
२
यस बर्षको एसईई परीक्षामा मनाङको अन्नपूर्ण मा.वि.का सबै विद्यार्थी उर्तीण ।
-
३
माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशन अन्तिम चरणमा, भोलीसम्ममा नजिता प्रकाशित हुने ।
-
४
आजदेखि संसदको बर्खे अधिवेशन शुरु, सरकारको वार्षिक नीति तथा कार्यक्रम पेस गर्ने ।


प्रतिक्रिया दिनुहोस्