२०८३ बैशाख २९

यस बर्षको एसईई परीक्षामा मनाङको अन्नपूर्ण मा.वि.का सबै विद्यार्थी उर्तीण ।

चामे. २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा मनाङ जिल्लाका ६१ दशमलव ७६ प्रशित परीक्षार्थी उत्र्तीण भएका छन् ।
२०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नजिजा अनुसार प्रकाशज्याती मा.विं, थो‘चेका १३ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । जसध्ये ७ जना उतीर्ण भएका छन् भने ६ जना विज्ञान विषय (एक बिषय) लागेका छन् ।् प्रकाशज्यातीका विदार्थीले सबैभन्दा बढी ३ दशमलव १७ जिपीए प्राप्त गरी विद्यालय प्रथम भएका छन् ।
त्यसैगरी, लोकप्रिय उ.मा.वि, चामेका १४ जना जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । ती १४ जना मध्ये ७ जना उर्तीण भएका छन् भने ७ जना बिज्ञान विषय (एक बिषय) र ती सत ७ मध्ये २ जना अंग्रजी विषय गरी दुई बिषय लागेको छ । लोकप्रिय उ.मा.वि, चामेका विद्यार्थीले ३ दशमलव ३ जिपीए सहित विद्यालय प्रथम भएका छन् ।
उसैगरी, अन्नपूर्ण मा.वि.मनाङका ७ विद्यार्थी परीक्षामा सहभागी भएका थिए । जसध्ये सबै (सातै जना) उर्तीण भएका छन् ।
२०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नजिजा अनुसार मनाङ जिल्लाको अन्नपूर्ण मा. वि., मनाङ सतप्रतिशत विद्यार्थी उर्तीण गर्न सफल भएका छने भने जिल्ला भर सबैभन्दा बढी ३ दशमलव २६ जिपीए पनि अन्नपूर्ण मा. वि. मनाङका विद्यार्थीले प्राप्त गरेका छन् ।
सार्वजनिक नतिजा अनुसार देशभरका कुल परीक्षार्थी मध्ये करिब ६६ प्रतिशत अर्थात (६५ दशमलव ९८) प्रतिशत उत्तीर्ण भएको बोर्डले जनाएको छ ।
चैत २९ गते सकिएको एसईईमा ५ लाख १२ हजार ४ सय २१ जना विद्यार्थी सहभागी भएका थिए । जसमा २ लाख ५७ हजार ६ सय १३ जना छात्रा, २ लाख ५४ हजार ८ सय १ छात्र र ७ जना अन्य विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।