२०८२ चैत्र २६

सार्वजनिक यातायातमा भाडा २१ प्रतिशतसम्म बढ्यो ।

काठमाण्डौँ, पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएपछि सार्वजनिक यातायातमा पनि भाडा वृद्धि भएको छ । यातायात व्यवस्था विभागका अनुसार मन्त्रालयको सहमतिसँगै नयाँ भाडादर कायम गरेको जनाएको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले मूल्य वृद्धि नभइ समायोजन मात्रै भएको बताए ।
नयॉ भाडादर अनुसार यात्रुवाहकमा १६.७१, पहाडी बाटोमा सञ्चालन हुने मालवाहकमा २१.६८ र तराई मालबाहकमा १५.७५ प्रतिशतले भाडा वृद्धि भएको छ ।