२०८२ चैत्र २३

तीनदिने महिलासंग सम्बन्धीत कानूनी साक्षरता अभिमुखीकरण सम्पन्न ।

धारापानी, मनाङ जिल्लाको नासों गाउपालिका वडा नम्बर–४, ताचैमा तीन दिने महिलासंग सम्बन्धीत कानूनी साक्षरता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र, मनाङ ईकाइले महिलासंग सम्बन्धीत कानूनी साक्षरता अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको हो । ताचै आमा समुहको भवनमा गत २० गतेदेखि २२ गते सम्म सञ्चालन भएको अभिमुखीकरण कार्यक्रममा ताचै गाउ‘का ४५ भन्दा बढी महिलाहरुको सहभागीता रहेको थियो ।


तीनदिनसम्म सञ्चालनमा रहेको महिलासंग सम्बन्धीत कानूनी साक्षरता अभिमुखीकरण कार्यक्रममा फौज्दारी समिता–२०७४ र देवानी समिता–२०७४ उपर पोखराका अधिवक्ता इन्द्र प्रसाद बरालले प्रस्टाएका थिए ।


कार्यक्रमको समापनमा अन्नपूर्ण संरक्षण क्षेत्र, मनाङ ईकाका स्वास्थ्य सहायक लक्ष्मी अर्याल, वडा अध्यक्ष याद घले, एन्फा, मनाङका अध्यक्ष एवं ताचै घरवास समितिका अध्यक्ष यज्ञ घलेको उपस्थिती रहेको थियो ।