२०८२ चैत्र ५

सभापति पदबाट गगन थापाले राजीनामा दिए ।

काठमाण्डौँ , विशेष अधिवेशनबाट नेपाली काँग्रेसको सभापति बनेका गगन थापाले पदबाट राजीनामा दिएका छन् ।
गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थापाले बुधबार नै उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् ।
यसअघि काठमाण्डौँ–४ बाट निर्वाचित हुँदै आएका थापा यसपटक सर्लाही–४ बाट उम्मेदवार थिए । उनलाई रास्वपाका डा अमरेशकुमार सिंहले पराजित गरे ।
रास्वपाले झन्डै दुई तिहाइ सिट प्राप्त गर्दा दोस्रो भएको कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा २० गरी ३८ सिट मात्रै प्राप्त गरेको छ ।
चुनावी नतिजापछि राजीनामाको तयारी गरेका थापालाई राजीनामा नदिन पार्टीका विभिन्न तहका नेताहरुले सुझाव दिँदै आएका थिए ।