२०८२ फाल्गुन २९
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष ओलीलाई पितृ शोक
काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।
ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान गठ्ठाघरस्थित कोरियन अस्पतालमा निधन भएको हो । स्वर्गीय मोहनप्रसाद ओली केही समय यता अस्वस्थ थिए ।
उनको पार्थिव शरीरलाई ओली निवास गुण्डुमा लैजाने र आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ । स्वर्गीय ओलीका दुई छोरा तीन छोरी छन् ।


प्रतिक्रिया दिनुहोस्