२०८२ फाल्गुन २३
प्रतिनिधि सभा निर्वाचन २०८२ - मत परिणाम – मनाङ १
नेपाली कांग्रेस

टेक बहादुर गुरुङ

२४१५

नेपाली कम्युनिस्ट पार्टी

यशोदा गुरुङ (सुवेदी)

४५४

मंगोल नेशनल अर्गनाइजेशन

राम बहादुर घले

माननीय टेक बहादुर गुरुङ २४१५ मत सहित विजयी ।

चामे. प्रतिनिधि सभासदस्य, मनाङ–१ बाट नेपाली काँँग्रेसका उमेद्वार टेक बहादुर गुरुङ २४१५ मत सहित विजयी भएका छन् ।
माननीय टेक बहादुर गुरुङ २४१५मत सहित विजयी भएका छन् भने चुनावी प्रतिस्पर्धाको मैदानमा उत्रीएकी नेकपाकी यशोदा गरुङ सुवेदील ४५४ मत सहित दोस्रो र अर्का प्रतिस्पर्धी मंगोल अर्गनाइजेशनका राम बहादुर घलेले ९ मत प्राप्त गरेका छन् ।


यसअधी २०७० सालको निर्वाचनमा मा. टेक बहादुर गुरुङ १५२७ मत सहित विजयी भएकाथिए । त्यसबेला सुशिल कोइराला नेतृत्वमा बनेको सरकारमा श्रम तथा रोजगार राज्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । उसैगरी,२०७९ सालको निर्वाचनमा २५७५ मत प्राप्त गरी विजयी भएका थिए ।


यसपटक, २०८२ साल फागुन २१ गते सम्पन्न निर्वाचनमा २४१५मत प्राप्त गरी सहित विजयी भएका छन् ।