मनाङ जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२, अन्तर्गतका सबै तयारी पुरा : प्रजिअ पौड्याल ।
चामे, प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२, अन्तर्गतका तयारी सम्बन्धी सम्पूर्ण कार्य पुरा भएको जिल्ला निर्वाचन अधिकृतको कार्यालय, मनाङले जनाएको छ ।
मनाङ जिल्लाका सबै मतदान केन्द्रहरुमा निर्वाचन केन्द्र अधिकृत सहित कर्मचारी, सामाग्री र सुरक्षाकर्मीहरु पुगीसकेको र निर्वाचन सम्बन्धि तयारी निर्वाचन आयोगको तालिका अनुसार नै पुरा भइसकेको जिल्ला निर्वाचन कार्यालय, चामेका सूचना अधिकारी गोबिन्द प्रसाद अर्यालले बताए ।

भौगोलिक दृष्टिकोणले विकट र टाडामा रहेको नार्पाभूमि गाउँपालिकाका ५ मतदान केन्द्रहरु जिल्लाका संवेदनशिल मतदान केन्द्रहरु हुन । ती, मतदान केन्दहरुमा पनि मतदान केन्द्र अधिकारी, कर्मचारी र सुरक्षाकर्मीहरु पुगी तयारी सम्बन्धी सम्पूर्ण कामहरु पुरा गरिसकेको प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले बताए । त्यसैगरी, निर्वाचनलाई मय्र्यादीत, सुरीक्षत र सहज बनाइराख्न सबै मतदान अधिकृतहरुसंग निरन्तर भरच्यूल संवाद भइरहेको पनि उनले बताए ।
प्रजिअ पौड्यालल,े निर्वाचन सम्बन्धी सुरक्षाब्यवस्था बनाइराख्न नेपाली सेना, सशस्त्रप्रहरी नेपाल प्रहरी र निर्वाचन प्रहरी परिचालित रहेको बताए । जिल्लाबाहिर रहेका मतदाताहरुको आवगमनलाई सहज बनाउन निर्वाचन अवधिभर बेसीशहर–चामे–खाङ्सार सडकमा ठूला मालवहाक सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । कनैपनि सवारी साधन बिग्रिएरमा तत्काल हटाई सडक सञ्चालनका लागि उपकरण सहितको जनशक्ती तैनाथ राखीएको पनि प्रजिअ पौड्यालले बताए ।
जिल्लामा रहेका राजनीतिक दल र कार्यकर्ताहरुले निर्वाचन आचारसंहित पूर्णरुपमा पालना गरेकाले हालसम्म निर्वाचन आचारसंहिता उल्ल्ंघन सम्बन्धी उजुरी/निवेदन नपरेको पनि प्रजिअ पौड्यालले बताए ।
-
१
मनाङ जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२, अन्तर्गतका सबै तयारी पुरा : प्रजिअ पौड्याल ।
-
२
मौन अवधि सुरु, आचारसंहिता अनुगमन गर्न अधिकृतलाई आयोगको निर्देशन
-
३
निर्वाचन अवधिभर बेसीशहर–चामे–खाङ्सार सडक खण्डमा मालवाहक ठूला सवारी साधन सञ्चालनमा रोक लगाउनु पर्ने ।
-
४
निर्वाचन मतदाता परिचयपत्र नभए नागरिकताले मतदान गर्न सकिने ।


प्रतिक्रिया दिनुहोस्