२०८२ फाल्गुन १८

बेसीशहर–चामे–खाङ्सार सडक खण्डमा मालवाहक ठूला सवारी साधन सञ्चालनमा रोक लगाउनु पर्ने ।

चामे, प्रतिनिधि सभा सदस्य–२०८२, मनाङ–१,का लागि नेपाली काँग्रेसका उमेद्वार टेकबहादुर गुरुङले मतदाताको सहज–आवत जावतका लागि बेसीशहर–चामे–खाङ्सार सडकमा केही दिनकालगि ठूला मालवहाक सवारी साधन सञ्चालनमा रोक लगाई मतदाताको मतदान सम्बन्धी मौैलिक हकको संरक्षण गरिदिन स्थानिय प्रशासन,जिल्ला निर्वाचन कार्यालय मनाङ र जिल्ला सुरक्षा समिति, लमजुङलाई विशेष अनुरोध गरेका छन् ।
पूर्वश्रम तथा रोजगार राज्यमन्त्री, निर्वतमान प्रतिनिधि सभा सदस्य एवम् हाल नेपाली काँग्रेसका उमेद्वार समेत रहेका टेकबहादुर गुरुङले निर्वाचनको मिति नजिकीएसंगै जिल्ला बाहिर रहेका मतदाताहरु जिल्ला फर्कनेक्रम बडेको छ । फागुन १८, १९ र २० गते मतदाता सवार अत्याधि सवारी साधनहरु बेसीशखरचामे खाङ्सार सडकमा सञ्चालन हुने छ । तर सडकको स्तरउन्नती अझै राम्रो हुन सकेको छैन र निमार्ण सामाग्री बोकेका ठूला ठूला सवारी साधनहरु बिच बाटोमै बिग्रिएर वा तान्न नसकेर अड्किएर बसेमा मतदाताहरु समयमै गन्तब्यसम्म पुग्न सक्दैन । त्यस्तो अवस्थामा उनीहरु बिच बिवादका साथै अप्रिय दुघर्टनाहरु पनि हुन सक्ने भएकाले स्थानिय प्रशासनले मतदाताको आवत–जावतलाई सहज बनाउँदै मतदाताको मतदान सम्बन्धी हकको संरक्षणका लागि निर्वाचन अधिका १८,१९ र २० गते र निर्वाचन पछिका २२ र २३ गतेका दिन उक्त सडकमा ठूला सवारी सञ्चालनमा पूर्ण रोक लगाउनु पर्ने बताएका छन् ।
उमेद्वार गुरुङले मनाङबासी जनतालाई बाटोमा त्यस्तो अवस्था आएमा तत्काल आफुलाई सम्पर्क गर्न समेत आग्रह गरेका छन् ।