मनाङ जिल्लामा मतदाता शिक्षा कार्यक्रम सञ्चालनमा ।
चामे, मनाङ जिल्लामा मतदाता शिक्षा कार्यक्रम अत्यन्त उत्साजन रुपमा सञ्चालन रहेको जिल्ला निर्वाचन कार्यालय, मनाङले जनाएको छ ।
आगामी फागुन–२१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ को निर्वाचन कार्यतालिका अनुसार मनाङ जिल्ला, निर्वाचन कार्यालयले फागुन–३ गतेबाट मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको हो । यस कार्यक्रम अन्र्तगत मनाङ जिल्लाका सबै
(२८ वटै) वडाका १–१ जना गरी कूल २८ जना, हरेका गाउ‘पालिकाका १–१ जना गरी ४ जना र १ जना समन्वयकर्ता यस मतदाता शिक्षा कार्यक्रममा कार्यरत रहेको जिल्ला निर्वाचन कार्यालय मनाङ सूचना अधिकारी गोबिन्द प्रसाद अर्यालले जानकारी दिए ।

फागुन–३ गतेबाट शुरु भएको मतदाता शिक्षा कार्यक्रम फागुन–१७ गतेसम्म देशै भर सञ्चालन हुने छ । राजनीतिक दल तथा उम्मेद्वारहरुले फागुन फागुन–४ गतेदेखि १८ गतेसम्म आप्mनो प्रचार–प्रसार गर्न पाउने निर्वाचन आयोगको कार्यतालिका रहेको छ ।१९ गतेबाट मौन अवधि शुरु छ । यस अवधिमा राजनीतिक दल तथा उम्मेद्वारहरुले सभा, सम्मेलन, ¥याली आदिन गर्न पाउने छैनन् ।


प्रतिक्रिया दिनुहोस्