२०८२ फाल्गुन ८

पाँच जना उम्मेद्वारको नामावली प्रकाशन ।

चामे, प्रमुख जिल्ला निर्वाचन कार्यालय मनाङले पाँच जना प्रतिनिधिसभा सदस्य उम्मेद्वारको नामावली प्रकाशन गरेको छ ।
फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले देशभर गत माध ६ गते मनोनयन दर्ता मिति तय गरेको थियो । निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार गत ६ गते प्रमुख जिल्ला निर्वाचन कार्यालय मनाङमा पनि नेपाली काँग्रेसका टेकबहादुर गुरुङ, नेकपा (एमाले)का पोल्देन छोपाङ गुरुङ, नेपाली कम्यूनिष्ट पार्टीका यशोदा गुरुङ (सुवेदी) राप्रपाका कुबिरसिंह गुरुङ र मंगोल नेशनल अर्गनाइजेशनका रामबहादुर घलेले आसन्न प्रतिनिधिसभा सदस्य चयनका लागि मनोनयन पत्र दर्ता गराएको थिए ।
निर्वाचन आयोगको कार्यतालिका अनुसार माघ ६ गते दर्ता भएका उम्मेद्वारी उपर माघ ७ गते उजुरी ÷निवेदन दिने मिति तय गरेको थियो । तर दर्ता भएका मनोनयन उपर कुनैपनि उजुरी नरेकाले जिल्ला निर्वाचन अधिकृतको कार्यालय मनाङले दर्ता भएका पाँचै जनाको नाम आज प्रकाशन गरेको छ ।
आज प्रकाशित नामावली उपर कोही पनि उम्मेद्वारले भोली माध ९ गते बिहान १० बजेदेअि अपराह्न १ बजेसम्ममा आप्mनो उम्मेद्वारी पिर्ता लिन सक्ने छन् भने १ बजेदेखि ३ बजे भित्रमा प्रमुख निर्वाचन अधिकृतको कार्यालय, मनाङले उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने छन् भने ४ बजेखि ९ बजेसम्ममा दर्ता भएका उम्मेद्वारलाई चुनाव चिन्हन प्रदान गर्ने कार्यतालिका रहेको छ ।
जिल्ला निर्वाचन कार्यालय मनाङले जिल्लामा ३ हजार ३ सय ७७ पुरुष र ३ हजार ६ सय २३ जना महिला गरी कूल ७ हजार मदताता रहेको जनाएको छ । मतदानलाई मध्यनजर गरी जिल्ला निर्वाचन कार्यालय मनाङले नासोँ गाउँपालिकामा नौ, चामेमा एक अस्थायी समेत गरी ६, नार्पाभूमिमा पाँच र मनाङ ङिस्याङमा नौ मतदान केन्द्र स्थापना गरिएकोे निर्वाचन अधिकारी जिवन कुँवरले बताए ।