२०८२ फाल्गुन ८

मनाङ जिल्लामा पाँच राजनीतिक दलका उम्मेद्वारद्वारा मनोनय दर्ता ।

चामे, आसन्न प्रतिनिधिसभा सदस्य प्रयोजनका लागि हिमाली जिल्ला मनाङमा पाँच राजनीतिक दलका उम्मेद्वारहरुले मनोनय दर्ता गरेको जिल्ला निवाचन कार्यालय मनाङले जनाएको छ ।
निर्वाचन आयोगले निर्धारण गरेको कार्यतालिका अनुसार आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्ममा नेपाली काँग्रेसका टेकबहादुर गुरुङ, नेकपा (एमाले)का पोल्देन छोपाङ गुरुङ, नेपाली कम्यूनिष्ट पार्टीका यशोदा गुरुङ (सुवेदी) राप्रपाका कुबिरसिंह गुरुङ र मंगोल नेशनल अर्गनाइजेशनका रामबहादुर घलेले आसन्न प्रतिनिधिसभा सदस्य चयनका लागि मनोनयन पत्र दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय मनाङले जनाएको छ ।

मनाङ जिल्लामा ३ हजार ३ सय ७७ पुरुष र ३ हजार ६ सय २३ जना महिला गरी कूल ७ हजार मदताता रहेको छ । मतदानलाई मध्यनजर गरी जिल्ला निर्वाचन कार्यालय मनाङले नासोँ गाउँपालिकामा नौ, चामेमा एक अस्थायी समेत गरी ६, नार्पाभूमिमा पाँच र मनाङ ङिस्याङमा नौ गरी कूल २९ मतदान केन्द्र स्थापना गरेको निर्वाचन अधिकारी जिवन कुँवरले बताए ।