२०८२ पुष २९

नेपाल पत्रकार महासंघका पूर्वसभापति एवं पूर्वकृषमन्त्री दाहालको निधन ।

काठमाडौं । नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा तथा नेपाल पत्रकार महासंघका पूर्वसभापति होमनाथ दाहालको गएराति निधन भएको छ ।
घुँडासम्बन्धी समस्याबाट अस्वस्थ भई मैतीदेवीस्थित आफ्नै घरमै उपचारमा रहेका ८४ वर्षीय पूर्वसभापति एवं पूर्वकृषि, सहकारी तथा गरिबी निवारणमन्त्री दाहाललाई गएरात िहृदयाघात भएपछि उपचारका लागि वीरअस्पताल पु¥याइएको थियो । उपचारका क्रममा निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।
ओखलढुंगा जिल्लाको तत्कालीन बरुणेश्वर गाउँपालिकामा जन्मिएका दाहाल नेपाली काँग्रेसको मुखपत्र राष्ट्रपुकार साप्ताहिकको सम्पादक थिए ।
उनले नेपाली काँग्रेस ओखलढुंगा जिल्ला सदस्य तथा तत्कालीन नेपाली काँग्रेस (प्रजातान्त्रिक)का केन्द्रीय सदस्यसमेत भएर जिम्मेवारी सम्हालेका थिए ।
उनको पार्थिव शरीर आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ । उनका श्रीमती र दुई छोरा छन् ।