२०८२ फाल्गुन १४

नेपाली काँग्रेसको १५ औं महाधिवेशन वैशाख २८ देखि ३१ गतेसम्म काठमाण्डौँमा हुने ।

काठमाण्डौँ, नेपाली काँग्रेसको १५ औं महाधिवेशन २०८३ साल वैशाख २८ गतेदेखि ३१ गतेसम्म काठमाडौँमा हुने भएको छ ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय, सानेपामा बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले यसअघि ल्याइएको कार्यतालिका परिमार्जन गर्दै आगामी वैशाख २८ देखि ३१ गतेसम्म महाधिवेशन गर्ने नयाँ कार्यतालिका पारित गरेको हा े।
नयाँ कार्यतालिका नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत गरेका थिए ।
प्रस्तावित कार्यतालिकालाई केन्द्रीय कार्य समितिको बैठकले पारित गरेको हो । यसअघि कांग्रेसले पुस २६, २७ र २८ गते महाधिवेशनको कार्यतालिका प्रस्तुत गरेको थियो ।