२०८२ माघ ६

आज हिमाली क्षेत्रमा हिमपात र तराई क्षेत्रमा हुसु लाग्ने ।

काठमाण्डौँ, देशका केही स्थानमा आज दउँसो र राति वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो रहनेछ । देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली हुनेछ ।
कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाउको छ ।
आज राति तराई भूभागका अधिकांश स्थानमा हुस्सु लाग्नेछ । कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
त्यसैगरी, कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।