तराई क्षेत्रमा शितलहर, जनजिवन प्रभावित, विद्यालयहरु बन्द ।
सप्तरी, पश्चिमी वायुका कारण चिसोसँगै चलेको शीतलहरले तराई क्षेत्रको जनजीवन प्रभावित बन्न थालेको छ ।
शीतलहरबाट बालबालिकाको स्वास्थ्यमा नकारात्मक प्रभाव पर्ने भएकाले त्यसलाई मध्यनजर गर्दै तराई क्षेत्रका विद्यालयहरु बन्द हुन थालेका हुन् । सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका र राजगढ गाउँपालिकाले सूचना जारी गरेर पुस १४ गतेदेखि १८ गतेसम्म पाँच दिनका लागि सबै विद्यालय बन्द गरेको छ ।
वर्षे र हिउँदे बिदाबाट कट्टा हुने गरी सोमबारदेखि शुक्रबारसम्म प्रशासनिक कार्य बाहेक नियमित पठनपाठन कार्य बन्द पालिकाहरुले जारी गरेको सूचनामा उल्लेख छ ।
सप्तरीमा विगत दुई सातादेखि चिसो बढेको र चारदिनदेखि लगातार चलेको शितलहरले जनजिवन प्रभावित बन्दै गएको छ भने बिहान बेलुका हुस्सु लाग्ने र दिउँसो चिसो हावा चल्ने गरेका कारण बालबालिका, वृद्ध, पशु चौपाया समेत प्रभावित भएका छन् ।
-
१
मनाङ जिल्लमा ४० प्रतिशतमात्र मतदान, मतपेटीका संकलन शुरु, मतगणना शुक्रबार बिहान ९ बजेबाट शुरु हुने ।
-
२
नेपाली काँग्रेसका उम्मेद्वार टेक बहादुर गुरुङद्वारा मतदान सम्पन्न ।
-
३
मनाङ जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२, अन्तर्गतका सबै तयारी पुरा : प्रजिअ पौड्याल ।
-
४
मौन अवधि सुरु, आचारसंहिता अनुगमन गर्न अधिकृतलाई आयोगको निर्देशन


प्रतिक्रिया दिनुहोस्