समानुपातिकको बन्दसूची पेस गर्ने समयसीमा आज सकिँदै, प्रमुख दलहरुले सूची आज बुझाउने ।
काठमाण्डौँ, फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची पेस गर्ने आज अन्तिम दिन हो ।
केही दलले हिजो (आइतबार) बन्दसूची बुझाए पनि अधिकांश ठूला दल आज निर्वाचन आयोग जाँदै छन् । तर, नेपाली कांग्रेसले बन्दसूची तयार पार्न सकेको छैन ।
नेपाली काँग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ नयाँलाई अवसर दिने बताएको छ । गत बुधबारदेखि जारी बैठकमा समानुपातिकतर्फको बन्दसूची तयार पार्ने काम अझै सकिएको छैन ।
नेपाली काँग्रेसले बन्दसूची पेस गर्ने समय एक हप्तापछि सार्न गरेको आग्रह निर्वाचन आयोगले अस्वीकार गरेपछि नेपाली काँग्रेस छलफलमा भने जुटेको छ । बन्दसूची तयार पार्नका लागि बुधबारदेखि सुरु भएको कार्यसम्पादन समिति बैठक अझै टुंगोमा पुग्न सकेको छैन ।
नेपाली काँग्रेसको संस्थापन पक्षले प्रदेशगत रूपमा सात नेतालाई जिम्मेवारी दिँदै आफ्नो पक्षको प्रारम्भिक सूची तयार पारेको जनाएको छ । उसले संस्थापनइतर पक्षबाट आउने सोची कुरिरहेको जनाएको छ । तर संस्थापनइतर पक्षले आफ्ना उमेदवार प्रस्तुत गरिनसकेको संस्थापन पक्षको भनाइ छ ।
नेपाली काँग्रेससँगै एमाले, नेकपा, रास्वपालगायत राजनीतिक दलले आज बन्दसूची पेस गर्ने तयारी गरेका छन् ।
-
१
मनाङ जिल्लमा ४० प्रतिशतमात्र मतदान, मतपेटीका संकलन शुरु, मतगणना शुक्रबार बिहान ९ बजेबाट शुरु हुने ।
-
२
नेपाली काँग्रेसका उम्मेद्वार टेक बहादुर गुरुङद्वारा मतदान सम्पन्न ।
-
३
मनाङ जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२, अन्तर्गतका सबै तयारी पुरा : प्रजिअ पौड्याल ।
-
४
मौन अवधि सुरु, आचारसंहिता अनुगमन गर्न अधिकृतलाई आयोगको निर्देशन


प्रतिक्रिया दिनुहोस्