२०८२ फाल्गुन ८
नेपाली काँग्रेसको केन्द्रीय समितिको आकस्मिक बैठक बस्दै ।
काठमाण्डौँ, नेपाली काँग्रेसको केन्द्रीय समितिको आकस्मिक बैठक बस्दैछ ।
पार्टी मुख्यसचिव कृष्ण प्रसाद पौडेलका अनुसार पार्टी कार्यालय सानेपामा बिहान ९ बजेका लागि बैठक बस्न लागेको हो ।
बैठकले पूर्वकेन्द्रीय तथा पूर्वमन्त्री आमोद प्रसाद उपाध्यायको निधनका शोध प्रस्ताव पारित गर्ने बताइएको छ । यसका साथै बैठकमा देशको समसामयीक राजनीति, आगामी निर्वाचन र निर्वाचन आयोगको आचारसंहितका बिषयमा छलफल गर्न केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूलाई उपस्थितिका लागि सूचित गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्