२०८२ मंसिर २१

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस, नेपालमा पनि मनाइँदै ।

काठमाण्डौँ, आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ ।
सुरक्षित आकाश’ भन्ने नाराका साथ विशेषगरी अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)का सदस्य राष्ट्रमा यो दिवस मनाइन्छ । सन् १९९४ को डिसेम्बर ७ मा आईकाओ स्थापनाको ५० औं वार्षिकोत्सवको अवसर पारेर यो दिवस मनाउन प्रारम्भ गरिएको हो । त्यसको दुई वर्षपछि संयुक्त राष्ट्रसंघको महासभाले यो दिवसलाई औपचारिक मान्यता प्रदान गरेको थियो ।
अन्तर्राष्ट्रिय हवाई सेवाले विश्वका विभिन्न मुलुकको सामाजिक तथा आर्थिक विकासमा पु¥याएको योगदान, मानव जातिको यात्रालाई सहज बनाउन विश्वव्यापी द्रुत यातायात सञ्जाल निर्माणमा आईकाओको भूमिकाको यो दिवसमा स्मरण गरिन्छ ।
सन् १९५७ मा नेपालमा नागरिक उड्डयन प्राधिकरणको स्थापना भएको हो । नेपाल नागरिक उड्डयन विभागले आज ६८ औं स्थापना दिवस विशेष कार्यक्रम गरी मनाउदैछ ।
आगामी २०३० मा दिगो विकासका लक्ष्यहरू हासिल गर्ने सन्दर्भमा हवाई सेवाले विश्वका विभिन्न राष्ट्रलाई जोड्ने प्रमुख माध्यम भएकाले यो दिवसको सान्दर्भिकता अझ बढेको आईकाओले जनाएको छ ।