नेपाल र चिनियाँ ताइपेइबीच प्रतिस्पर्धा हुँदै ।
काठमाण्डौँ, इन्डोनेसियामा जारी त्रिदेशीय अन्तरराष्ट्रिय मैत्रिपूर्ण महिला फुटबल प्रतियोगिता अन्तर्गत आज नेपाल चिनियाँ ताइपेइबीच प्रतिस्पर्धा हुँदैछ ।
स्थानीय समयअनुसार साँझ ७ः३० बजे खेल हुनेछ । नेपालभन्दा बलियो मानिएको चिनियाँ ताइपेइ फिफा वरियतामा नेपालभन्दा माथि रहेको छ । चिनियाँ ताइपेइ फिफा वरियतामा ४२ औँ स्थानमा रहेको छ भने नेपाल ८९औँ स्थानमा छ । सन् १९७७ मा अन्तरर्राष्टिय महिला प्रतियोगितामा सहभागिता जनाएको चिनियाँ ताइपेइले १९७७, १९७९ र १९८१ मा लगातार एएफसी महिला एसियन कपको उपाधि जितेको बनेको थियो ।
सन् १९८६ देखि अन्तरर्राष्ट्रिय प्रतियोगितामा भाग लिँदै आएको नेपालले पनि एसियन कप खेलेको थियो तर नेपालको सहभागिता समूह चरणको खेलमा मात्र सीमित बनेको थियो ।
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाले सबै खेलाडी मानसिक र शारीरिक रूपमा तयार रहेको बताए । “हामी राम्रो खेल्छौँ । सबै खेलाडी ‘फिजिकली’ र ‘मेन्टली’ तयार भएकाले मैदानमा शतप्रतिशत खेल्नेछौँ उनmे भने ।


प्रतिक्रिया दिनुहोस्