२०८२ मंसिर १५

नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक बस्दै ।

काठमाण्डौँ, पटक–पटक सर्दै आएको नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ ।
नेपाली काँग्रेसको १५औँ महाधिवेशन आगामी पुस २६ देखि २९ मा गर्ने सहमति भएसँगै बैठक बस्ने भएको हो । असोज २८ देखि महाधिवेशनको विवादमा अल्झिएको काँग्रेसले सभापति शेरबहादुर देउवाको निर्देशन बमोजिम निकास निकालेको हो ।
आज बस्ने केन्द्रीय समिति बैठकमा कार्यतालिकासम्बन्धी प्रस्ताव कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पेस गर्नेछन् ।
आइतबार कार्यवाहक सभापति खड्काले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता रमेश लेखक र प्रचार विभाग प्रमुख मीन विश्वकर्मासहितको छलफलबाट पार्टी सभापतिको आग्रह बमोजिम कार्यतालिका प्रस्ताव तयार पारेका हुन ।
यसअघि महामन्त्री र सहमहामन्त्रीका अलगअलग प्रस्ताव पेस भएकाले सहमतिको प्रस्ताव कार्यवाहक सभापति खड्काले प्रस्ताव छलफलका लागि नभएर निर्णयार्थ पेस गर्ने छ ।
कार्यवाहक सभापतिले निर्णयाथ प्रस्ताव राखेको प्रस्तावमा कसैको विमति आए मतविभाजनबाट निर्णय हुनेछ ।