नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक बस्दै ।
काठमाण्डौँ, पटक–पटक सर्दै आएको नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ ।
नेपाली काँग्रेसको १५औँ महाधिवेशन आगामी पुस २६ देखि २९ मा गर्ने सहमति भएसँगै बैठक बस्ने भएको हो । असोज २८ देखि महाधिवेशनको विवादमा अल्झिएको काँग्रेसले सभापति शेरबहादुर देउवाको निर्देशन बमोजिम निकास निकालेको हो ।
आज बस्ने केन्द्रीय समिति बैठकमा कार्यतालिकासम्बन्धी प्रस्ताव कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पेस गर्नेछन् ।
आइतबार कार्यवाहक सभापति खड्काले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता रमेश लेखक र प्रचार विभाग प्रमुख मीन विश्वकर्मासहितको छलफलबाट पार्टी सभापतिको आग्रह बमोजिम कार्यतालिका प्रस्ताव तयार पारेका हुन ।
यसअघि महामन्त्री र सहमहामन्त्रीका अलगअलग प्रस्ताव पेस भएकाले सहमतिको प्रस्ताव कार्यवाहक सभापति खड्काले प्रस्ताव छलफलका लागि नभएर निर्णयार्थ पेस गर्ने छ ।
कार्यवाहक सभापतिले निर्णयाथ प्रस्ताव राखेको प्रस्तावमा कसैको विमति आए मतविभाजनबाट निर्णय हुनेछ ।
-
१
सबै मतपेटीका सदरमुकाम आइपुग्यो,सर्वदलीय बैठक बसेर मतगणना शुरु हुन्छ : प्रजिअ पौड्याल ।
-
२
मनाङ जिल्लमा ४० प्रतिशतमात्र मतदान, मतपेटीका संकलन शुरु, मतगणना शुक्रबार बिहान ९ बजेबाट शुरु हुने ।
-
३
नेपाली काँग्रेसका उम्मेद्वार टेक बहादुर गुरुङद्वारा मतदान सम्पन्न ।
-
४
मनाङ जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२, अन्तर्गतका सबै तयारी पुरा : प्रजिअ पौड्याल ।


प्रतिक्रिया दिनुहोस्