लमजुङ हिमालमा ५१ वर्षपछि चार युवाको पाइला ।
काठमाण्डौँ, कास्की र लमजुङको सिमानामा पर्ने लमजुङ हिमालको चुचुरोमा ५१ बर्षपछि तीन जना युवा एकसाथ उक्लिएका छन् ।
गोरखा जिल्ला, धार्चे गाउँपालिका वडा नं.४ लाप्राकका सन्दीप गुरूङ, सुजल गुरूङ र बुद्ध गुरूङसँगै सोलुखुम्बुका फुर्बा शेर्पाले एकसाथ उक्त हिमालको आरोहण गरेका हुन् । ५१ वर्षपछि दोस्रोपटक २७ अक्टुबर २०२५ का दिन दिउँसो ३ बजे सफल आरोहण गरेका हुन ्।
६ हजार ९८३ मिटर अग्लो लमजुङ हिमालको यसअघि सन् १९७४ सालमा पहिलोपटक दुई जना विदेशी नागरिक डेरिक चाम्बर्लिङ र फिलिप निमले आरोहण गरेका थिए। तर विविध प्राविधिक कारणवश उक्त हिमालको चुचुरोमा त्यसयता कसैले पनि पाइला राखेका थिएनन् ।
हुन त लाप्राकका सन्दीप गुरूङ गुरूङ, सुजल गुरूङ र बुद्ध गुरूङसहित सोलुखुम्बुका फुर्बा शेर्पा हिमाल आरोणका लागि नभएर विदेशी नागरिकहरुको प्याराग्लाइडिङका लागि लमजुङ हिमाल गएका थिए । तर, खराब मौसमका कारण प्याराग्लाइडिङ रद्द भएपछि विदेशी नागरिहरु फर्किएपछि चार जना युवाहरु सोही मौकामा हिमालको चुचुरो चुम्नतर्फ लागेका हुन् ।
सन् २०१७ बाट हिमाल आरोण गरेका सन्दीपले हालसम्म सगरमाथा, लोत्से, केटू, कञ्चनजङघा, मनास्लु, जी–१ आमाडम्बलम लगागतका आठ हजार मिटरभन्दा माथिका छ वटाभन्दा बढी हिमाल आरोहण गरिसकेका छन् ।
-
१
मनाङ जिल्लमा ४० प्रतिशतमात्र मतदान, मतपेटीका संकलन शुरु, मतगणना शुक्रबार बिहान ९ बजेबाट शुरु हुने ।
-
२
नेपाली काँग्रेसका उम्मेद्वार टेक बहादुर गुरुङद्वारा मतदान सम्पन्न ।
-
३
मनाङ जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२, अन्तर्गतका सबै तयारी पुरा : प्रजिअ पौड्याल ।
-
४
मौन अवधि सुरु, आचारसंहिता अनुगमन गर्न अधिकृतलाई आयोगको निर्देशन


प्रतिक्रिया दिनुहोस्