२०८२ मंसिर ६
बेँसीसहर–चामे सडक सञ्चालनमा, सवारी साधन आवगमन शुरु ।
धारापानी, मनाङको नासोँ गाउँपालिका–१, तालडाँडामा शुक्रबार बिहान दुई वटा ठूला ढुंगासहित पहिरो जाँदा अवरुद्ध सडक अपराहन्नबाट सञ्चालनमा आएको छ ।
डुम्रे–बेँसीसहर–चामे सडक आयोजनाको नासोँ गाउँपालिका–१, तालडाँडामा शुक्रबार बिहान सडकमाथिदेखि करिब २० मिटर सडक ओगट्ने गरी सुक्खा पहिरोले गएपछि सडक अवरुद्ध भएको थियो । आयोजनाले स्काइभेटर प्रयोग गरी पहिरो सहिल ठूला ढुङ्गाहरु हटाएर अपराहन्नबाट यातायात सञ्चालन गरीएको आयोनाका सूचना अधिकारी नवीन विष्टले बताए । सडक खुलाएसँगै यात्रुहरू गन्तव्यमा जान थालेका छन् ।
यसअघि बिहीबार पनि यस सडकखण्डको लमजुङ मस्र्याङ्दी गाउँपालिका–४ मा सडक अवरुद्ध भएकामा रातिदेखि पुनः सञ्चालनमा आएको थियो ।


प्रतिक्रिया दिनुहोस्