२०८२ फाल्गुन २२
बेँसीसहर–चामे सडक सञ्चालनमा, सवारी साधन आवगमन शुरु ।
धारापानी, मनाङको नासोँ गाउँपालिका–१, तालडाँडामा शुक्रबार बिहान दुई वटा ठूला ढुंगासहित पहिरो जाँदा अवरुद्ध सडक अपराहन्नबाट सञ्चालनमा आएको छ ।
डुम्रे–बेँसीसहर–चामे सडक आयोजनाको नासोँ गाउँपालिका–१, तालडाँडामा शुक्रबार बिहान सडकमाथिदेखि करिब २० मिटर सडक ओगट्ने गरी सुक्खा पहिरोले गएपछि सडक अवरुद्ध भएको थियो । आयोजनाले स्काइभेटर प्रयोग गरी पहिरो सहिल ठूला ढुङ्गाहरु हटाएर अपराहन्नबाट यातायात सञ्चालन गरीएको आयोनाका सूचना अधिकारी नवीन विष्टले बताए । सडक खुलाएसँगै यात्रुहरू गन्तव्यमा जान थालेका छन् ।
यसअघि बिहीबार पनि यस सडकखण्डको लमजुङ मस्र्याङ्दी गाउँपालिका–४ मा सडक अवरुद्ध भएकामा रातिदेखि पुनः सञ्चालनमा आएको थियो ।
-
१
मनाङ जिल्लमा ४० प्रतिशतमात्र मतदान, मतपेटीका संकलन शुरु, मतगणना शुक्रबार बिहान ९ बजेबाट शुरु हुने ।
-
२
नेपाली काँग्रेसका उम्मेद्वार टेक बहादुर गुरुङद्वारा मतदान सम्पन्न ।
-
३
मनाङ जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२, अन्तर्गतका सबै तयारी पुरा : प्रजिअ पौड्याल ।
-
४
मौन अवधि सुरु, आचारसंहिता अनुगमन गर्न अधिकृतलाई आयोगको निर्देशन


प्रतिक्रिया दिनुहोस्