जननायक विपी कोइरालाको शालिक भब्यताकासाथ मनाङ ल्याइदै ।
चामे, नेपाली काँग्रेसका पूर्वसभापति, पूर्वप्रधानमन्त्री एवं जननायक विश्वेश्वरप्रसाद कोइरालाको शालिक भब्यताका साथ मनाङ ल्याइदै छ ।
काठमाण्डौँमा निमार्ण गरिएको जननायक विश्वेश्वरप्रसाद कोइरालाको अर्धकदको शालिक मनाङ सदरमुकाम चामेमा भब्यताकासथ ल्याउन लागिएको हो । काठमाण्डौँबाट मनाङ ल्याउने क्रममा लमजुङ र मनाङ जिल्लाको सिमाना, म्यार्दी पुलमा नेपाली काँग्रेस मनाङ जिल्ला कार्यसमितिका पदाधिकारी, नेता तथा कार्यकर्ताहरुले पूmल–माला र खदा ओडाएर स्वागत गर्दै मोटरसाईकल ¥याली सहित मनाङ जिल्ला प्रवेश गराएका थिए ।

भब्यताका साथ मनाङ जिल्ला प्रवेश गराइएको उक्त सालिक आज नासोँ गाउँपालिकाको ताल। धारापानी हु‘दै आज सदमुकाम चामेमा रहेको नेपाली काँग्रेस मनाङ जिल्ला कार्यसमितिको नवनिर्मित भवनमा एक भब्य कार्यक्रम सहित प्रतिस्थापन गरिने कार्यक्रम रहेको पूर्व श्रम तथा रोजगार राज्यमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य टेकबहादुर गुरुङले जानकारी दिए ।

मनाङ जिल्लामा विभिन्न राजनीतिक दलहरु भएपनि नेपाली काँग्रेस मनाङको मात्रै आप्mनै भवनमा पाटी कार्यलय रहेको छ । यसबाट पनि मनाङ जिल्लामा नेपाली काँग्रेस शसक्त र बलियो पाटी रहेको स्पष्ट हुन्छ ।


प्रतिक्रिया दिनुहोस्