२०८२ कार्तिक १
मनाङ जिल्लामा मतदाता संख्या बढ्यो ।

चामे, मनाङ जिल्लामा विशेष मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य सुरु भएपछि हालसम्म १२ जना नयाँ मतदाता थपिएका छन् ।
जिल्ला निर्वाचन कार्यालय मनाङका अनुसार असोज महिनाको ९ गतेदेखि सुरु भएको विशेष नामावली सङ्कलनमा हालसम्म १२ जना नयाँ मतदाता थपिएका हुन् । निमित्त जिल्ला निर्वाचन अधिकारी गोबिन्द प्रसाद अर्यालका अनुसार दर्ता गराउनेमध्ये अधिकांश युवापुस्ताका छन् ।
निर्वाचन कार्यालय मनाङले असोज ९ गतेदेखि स्थानीय तहहरूलाई पत्राचार गरी मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य अघि बढाएको हो । निर्वाचन अधिकारी अर्यालका अनुसार मनाङ जिल्लामा कूल ६ हजार ८ सय ९३ मतदाता रहेकोमा आइतबारसम्म नयाँ दर्ता भएका १२ जना गरी कूल ६ हजार ९ सय ५ पुगेका छन् ।
निर्वाचन आयोगका अनुसार अनलाइनमार्फत नाम दर्ता, अद्यावधिक र त्रुटि सच्याउने कार्य भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्