आज जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झनामा राष्ट्रिय शोक दिवस ।
काठमाण्डौँ, वर्तमान सुशिला कार्की नेृत्वको सरकारले आज (असोज १ गते) राष्ट्रिय शोक दिवस मनाउने र सार्वजनीक बिदा दिने निर्णय गरेको छ ।
गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झनामा राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको हो ।
असोज १ गते सार्वजनिक बिदा दिने र आन्दोलनमा ज्यान गुमाएकाहरूलाई राष्ट्रिय झण्डा ओढाउने निर्णय गरेको छ । आन्दोलनका मृतकहरुको राष्ट्रिय सम्मानका साथ शहर परिक्रमा गरी हिजो दाहसंस्कार गरेको छ भने केहीको शव हेलिकप्टरबाट सम्बन्धीत जिल्लाहरुमा पठाएको छ । सरकारले यसअघि नै जेन–जी आन्दोलनमा ज्यान गुमाएकाहरूलाई सहिद घोषणा गरिसकेको छ ।
आन्दोलमा ज्यान गुमाउनेलाई प्रचलनबमोजिम १० लाख क्षतिपूर्ति र ५ लाख खर्चसहित १५ लाख रुपैयाँ दिने निर्णय गरेको । त्यसैगरी, घाइतेहरुको निःशुल्क उपचार गर्ने निणर्य गरेको छ ।


प्रतिक्रिया दिनुहोस्