२०८२ भाद्र ३१

असोज १ गते राष्ट्रिय शोक दिवस मनाउने सरकारको निर्णय ।

काठमाण्डौँ, सरकारले असोज १ गते राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झनामा राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको हो ।
मन्त्री परिषद् बैठकपछि बोल्दै गृहमन्त्री ओमप्रकाश अर्यालले असोज १ गते सार्वजनिक बिदा दिने र आन्दोलनमा ज्यान गुमाएकाहरूलाई राष्ट्रिय झण्डा ओढाउने निर्णय भएको जानकारी दिए । सरकारले यसअघि नै जेन–जी आन्दोलनमा ज्यान गुमाएकाहरूलाई सहिद घोषणा गरिसकेको छ ।
आन्दोलमा ज्यान गुमाउनेलाई प्रचलनबमोजिम १० लाख क्षतिपूर्ति र ५ लाख खर्चसहित १५ लाख रुपैयाँ दिने निर्णय भएको अर्यालले जानकारी दिए । त्यसैगरी, मृतकको शव उनको घरसम्म सरकारले नै पु¥याउने छ भने घाइतेहरुको निःशुल्क उपचार गर्ने निणर्य गरेको छ ।