२०८२ भाद्र २८

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की मन्त्रीमण्डल गठनको तयारीमा ।

काठमाण्डौ, नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार गरेसंगै कामकारवाही प्रारम्भ गरेकी छन् । उनले पदभार ग्रहण गरे लगत्तै एकल मन्त्रिपरिषद्बाट प्रतिनिधिसभा विघटन सम्बन्धी निर्णय सिफारिस गरेर आफ्नो काम थालेकी हुन् । जसलाई राष्ट्रपतिले सदर गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा २०८२ साल भर्दौ २७ गते राती ११ बजेसंसद विघटन भएको घोषणा गरेका छन् । त्ष्सैगरी, नयाँ प्रतिनिधिसभाको निर्वाचन फागुन २१ गते गर्ने मिति तोकेका छन् । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई ६ महिनाभित्र निर्वाचन गर्ने म्यान्डेट दिएका थिए ।
त्यसैगरी, देशमा सुशासन कायम गर्दै प्रशासनीक कार्यहरु अधि बढाउन अन्य तीन जना मन्त्रीको नियुक्ती प्रक्रिया समेत अधि बडाएका छन् । प्रधानमन्त्री कार्कीले विद्युत प्राधिकरणका पूर्व कार्यकारी प्रमुख कुलमान धिसिङ, काननूनविद ओमप्रकाश र जेनजी आन्दोलनका मास्टर माइण्ड सुदन गुरुङलाई मन्त्रीपदमा नियुक्त गर्ने तयारी गरेको बुझिएको छ ।
नवनियुक्त प्रधानमन्त्री कार्कीकोे शपथ ग्रहणकै बेला अन्य मन्त्रीहरुको पनि शपथ ग्रण गर्ने तयारी गरिएको भएतापनि संवैधानी र कानूनी अड्चनका कारण स्थगन भएको सपथ ग्रहण (भोली) आइतबारसम्ममा सम्पन्न हुने जनाइएको छ ।