२०८२ भाद्र २८

नेपाली सेनाले रातभरमा हातहतियार, नगद सहित २७ जना पक्राउ गर्यो ।

काठमाण्डौँ, गत १२ घण्टाको अवधिका नेपाली सेनाले देशको विषम परिस्थितिको अनुचित फाइदा उठाई लुटपाट, आगजनी र जीउधनको क्षति गर्ने मनसायले विध्वंसात्मक, अराजक तथा उश्रृङखल गतिविधिहरुमा संलग्न २७ जनालाई पक्राउ गरेको छ ।

नेपाली सेनाले मिति २०८२ भाद्र २४ गते रातको १० बजेबाट देशैभर लगायत अन्य सुरक्षा निकायहरु परिचालन भएपश्चात आज मिति २०८२ भाद्र २५ गतेको विहान १० बजेसम्म काठमाडौँ  लगायत देशका विभिन्न स्थानहरुमा विषम परिस्थितिको अनुचित फाइदा उठाई लुटपाट, आगजनी र जीउधनको क्षति गर्ने मनसायले विध्वंसात्मक, अराजक तथा उश्रृङखल गतिविधिहरुमा संलग्न २७ जनालाई पक्राउ गरिएको छ । साथै, ३ वटा बारुण यन्त्रको प्रयोग गरी आगजनी नियन्त्रण गर्ने कार्य सम्पन्न गरेको भईरहेको छ ।

त्यसैगरी काठमाडौँको गौशाला–चाबहिल–बौद्ध क्षेत्रबाट लुटपाटमा संलग्न व्यक्तिहरुबाट ३३ लाख ७० रुपैयाँ बरामद गरिएको जनाएको छ । सेनाले काठमाडौँको विभिन्न स्थानहरुबाट २३ र पोखराबाट ८ नाल गरी विभिन्न किसिमका हतियार नाल ३१ तथा म्यागजिन एवं गोलीगठ्ठाहरु बरामद गरिएको छ । साथै, २३ जना घाईते नेपाल प्रहरी तथा ३ जना गैर सैनिक व्यक्तिहरुको सैनिक अस्पतालहरुमा उपचार भइरहेको जनसम्पर्क निर्देशानलय, भद्रकालीले जनाएको छ ।