२०८२ भाद्र २८

देशभर १० बजे रातिदेखि सेना परिचालीत, जेनजी प्रतिनिधिसंग आज वार्ता हुने ।

काठमाण्डौँ, नेपाली सेनाले सार्वजनिक सम्पत्तिमाथिको तोडफोड र लुटपाट रोक्न १० बजे रातिदेखि सेना परिचालन गरेको छ।
देशको विषम परिस्थितिको फाइदा उठाई केही समूहले सार्वजनिक सम्पत्तिमा क्षति तथा लुटपाट गरिरहेकाले त्यसलाई रोक्न सडकमा आउन बाध्यात्मक परिस्थितीआइपरेको सेनाले जनाएको छ ।
नेपाली सेनाले आफ्नो नेतृत्वमा सबै सुरक्षा समूह राति १० बजेदेखि सडकमा परिचालन गरेको छ । रातभरको सुरक्षा अवस्थाको थप मूल्यांकन गरिने पनि सेनाले स्पष्ट गरेको छ ।
‘राष्ट्रलाई शान्तिपूर्ण निकासका लागि आन्दोलनरत समूहलाई आन्दोलनका कार्यक्रम स्थगित गरेर वार्ताका निमित्त आह्वान गरेसंगै जेनजीले एक विज्ञप्ती प्रकाशित गरी सार्वजनिक सम्पत्तीमाथिको आगजनी र तोडफोड जस्ता गैरजिम्मेवार कार्यगर्ने आप्mनो कार्यक्रम र मनसाय नभएको सबैमा स्पष्ट पार्दै आज वार्तामा आउने जनाएको छ ।